0 COMMENTS

काठमाडौं०३पुस०७४/ खोटाङ दारेपाछिता ताल–९ स्थायी घर भएका २४ बर्षिय अलिन चाम्लिङ राई सालकको खपटा सहित बुढानिलकण्ठबाट पक्राउ परेका छन् । आइतबारकाठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ चपली चोकबाट केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई संरक्षीत बन्युजन्त सालकको १ केजी ५ सय ग्राम खपटा (आखेटोपहार) सहित नियन्त्रणमा लिएको हो ।

साईटिस महासन्धी १९७५ को अनुसुची १ अनुसार लोपोन्मुख प्रजातीको सूचीमा रहेको सालकको खपटा ओसारपसारमा संलग्न चाम्लिङलाई आवश्यक कारवाहीका लागी जिल्ला वन कार्यालय पठाइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

गैरकानुनी रुपमा संरक्षित बन्यजन्तुको आखेटोपहार ओसारपसार गरेको कसुरमा उनीमाथि पाँचदेखि दशलाख जरिवाना र अधिकतम १५ बर्षसम्म कैद हुनसक्ने कानूनी प्रावधान रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।