0 COMMENTS

कल्पना बोहरा ,अछाम २६ अछाम/स्थानीय चुनावमा पञ्चदेवल विनायक नगरपालिकामा मेयरमा पराजित अक्कल बहादुर रावल अछामको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

संयुक्त वामठबन्धनबाट उम्मेदवार बनेका पोलिटव्युरो सदस्य समेत रहेका रावलले प्रदेशसभाको चुनावमा काँग्रेसका नेता सुरत बहादुर विस्टलाई पराजित गर्नुभएको हो । उहाँले नेपाली काँग्रेसका नेता सुरतबहादुर बिस्टलाई १ हजार ९ सय ४१ मतअन्तरले हराउनुभयो ।

स्थानीय तहको चुनावमा २ हजार ३ सय ९१ मत ल्याएर तेस्रो हुनुभएका रावलले प्रदेशसभाको चुनावमा भने १० हजार ९ सय ८१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरत विस्टले ९ हजार ४० मत प्राप्त गर्नुभयो ।

नेकपा माओवादीको सशस्त्र युद्धको समयमा १४ महिनासम्म जेल जीवन विताएका रावल जेलबाट भागेर बचेका थिए । कलिलो उमेरमा माओवादीको सशस्त्र युद्धमा होमिनुभएका रावल ३७ वर्षको उमेरमा सांसद बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।