0 COMMENTS

काठमाडौँ, १८ मंसिर ०७४/ नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापालाई बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी चुनावी प्रचारप्रसारका क्रममा बुढानीलकण्ठ वडा नं २ चपलीको घरदैलो कार्यक्रममा हिँडिरहेको बेला अज्ञात समूहले काठमाडौँ ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाप्रति बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रलाई समाप्त पार्ने ढंगले काँग्रेस र लोकतन्त्रको पक्षमा उर्लंदो जनसागरबाट अत्तालिएर दिनानुदिन काँग्रेसका नेता तथा कार्यकर्तामाथि लक्षित गरेर यस्ता घटना घटाइएको हो ।”

काँग्रेसले आफ्ना उम्मेद्वार र कार्यकर्तामाथि हत्या गर्ने मनशायले यस्ता घटना गराएको भन्दै भत्र्सना गरेको छ । यस्ता घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग मागसमेत गरिएको छ । घटनामा थापासहित धुव्र खड्का, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का, रवीन्द्र कार्की, पुष्पबहादुर श्रेष्ठ, राधिका कार्की, काशीलाल श्रेष्ठ, रोशनराम थापा र रिमा बस्नेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।