0 COMMENTS

काठमाडौ,मंगसिर १८ /काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्य उमेदवार गगन थापालाई लक्षित गरी गराइएको बम विष्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विप्लव माओवादीका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

अाज बिहान काठमाडौंको चपलीमा घरदैलाे कार्यक्रम गर्दैगर्दा थापालाई लक्षित गरी गराइएको विष्फोटमा विप्लव माओवादीको हात रहेको आशंकामा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ३२ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

उनका अनुसार काठमाडौंको चपली र बालाजुबाट गरी विप्लव माओवादीका ३२ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।