0 COMMENTS

काठमाण्डाै१८मंसिर०७४/  अाशाकाे साथी नेपाल नामक संस्थाले बुढानिलकण्ठ नगरपालिकाकाे विभिन्न वडामा मतदाता शिक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

मतदानकाे पूर्व सन्ध्यामा निर्वाचन अायाेगकाे सहयोगमा उक्त संस्थाले याे कार्यक्रम सन्चालन गरि यस नगरपालिकामा वसाेवास गर्ने मतदाताहरू विच मतपत्र कस्तो अवस्थामा वदर हुन्छ ,निर्वाचनका अाचार सहिता र मतदाताकाे अधिकारका विषयमा छलफल चलाईएकाे थियाे । उक्त कार्यक्रम वडा न १० ,११,१२ काे वडा कार्यलय,सिल्भर साईन स्कुल ,माउन्ट एभरेस्ट स्कुल र प्रसान्ति स्कुलमा सन्चालन गरिएकाे थियो ।

वडाका नवनिर्वाचित प्रतिनिधिहरू , बुद्धिजिवि महिलाहरू,विभिन्न पार्टीका प्रतिनिधिहरू र वडामा वसाेवास गर्ने मतदातहरूकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे । कार्यक्रममा वाेल्दै ११ न वडा अध्यक्ष राजु अधिकारीले यस कार्यक्रमले गएकाे स्थानीय निकाएकाे चुनावमा भएकाे मतवदरकाे संख्या कमि अाउने विश्वास व्यक्त गर्नु भयाे ।त्यसैगरी १२न वडाका अध्यक्ष शम्भु भट्टराईले यस कार्यक्रम प्रभावकारी रहेका र अाफ्नाे वडामा रहेका मतदाताहरूलाई घर घरमा मतदानकाे विषयमा छलफल चलाउन अनुराेध गर्नु भयाे । छलफलमा सबै वक्ताहरूले अाफ्नाे अाफ्नाे भनाई राख्नु भयाे भने संस्था काे सचिवले निर्वाचनकाे अाचार सहिता र मतदान गर्ने तरिका सिकाउनु भएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।