0 COMMENTS

पर्सा, १७ मंसिर ०७४/ शान्तिपूर्ण, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य सदस्यको दोस्रो चरण निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा बिक्री, वितरण, ढुवानी तथा सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनको क्रममा मदिरा सेवान गरेकाबाट होहल्ला र शान्ति भंग हुनाका साथै मदिरा खुवाएर मतदातालाई प्रभावित पार्ने भएकाले निर्वाचन सम्पन्न नभएसम्मका लागि बिक्री वितरण तथा सेवानमा रोक लगाएको बताउनुभयो ।

स्थानीय प्रशासनको निर्देशनलाई अवहेलना गर्दै मदिरा बिक्री वितरण तथा सेवन गरेको पाए कानूनबमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।