0 COMMENTS

काठमाण्डाै१५ मंसिर०७४/ बाम गठबन्धन सिन्धुपाल्चोक –काठमाडौं क्षेत्र नं ४ निर्वाचन सहयोग समितिको बृहत भेला सम्पन्न भएको छ ।नेकपा एमालेका केन्द्रिय सदस्य एबम काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा. राजन भट्टराई को प्रमुख आतिथ्यता मा भएको सो भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य एबम सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का उम्मेदवार शेर बहादुर तामांग , प्रदेस नं ३ का सदस्य हस्त पण्डित ,नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटिका अध्यक्ष झम्क नेपाल,काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्की ,मेलम्ची नगरपालिका की उप प्रमुख भगवती नेपाल लगायतको उपस्थिति रहेको थिए।

कार्यक्रममा बोल्दै प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले क्षेत्र नं ४ को विशेष गरि कामपा ७ र कपन क्षेत्रमा रहेका सिन्धुपाल्चोक वासीलाई बाम गठवन्धनका उम्मेदवारको पक्षमा मतदानको लागि आग्रह गरेका थिए।

त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य शेर बहादुर तामांगले पहिलो चरणको निर्वाचनमा सक्रियता पुर्वक सिन्धुपाल्चोक मा खट्ने सबैलाई धन्यवाद दिदै अव मंगसिर २१ गते लाई केन्द्रमा राखेर निर्वाचनमा खट्नु पर्ने भन्दै दिन रात नभनी प्रचारमा लाग्न निर्देशन दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि डा. राजन भट्टराईले आफ्नो पुर्खाहरुको वेला देखि बसोवास भएको सिन्धुकोट सम्झदै त्यहाको माटोलाई जस्तै यस पटक आफुलाई माया गर्न अनुरोध गरेका थिए । माधव कुमार नेपाल प्रधानमन्त्री भएका वेला बनेका मुख्य सडक हरुमा आफ्नो पनि केहि योगदान रहेको स्मरण गर्दै डा.भट्टराईले अवको समय आर्थिक समृदिको रहेको र त्यो यात्रामा सिन्धुपाल्चोक नमुना बन्नुपर्ने बताएका थिए ।

सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंचको संयोजनमा भएको सो भेलाले १५१ सदस्यीय निर्वाचन सहयोग समिति गठन गरेको सिन्धुपाल्चोक कपन क्षेत्र सम्पर्क समन्वय समितिका पुर्व अध्यक्ष आशिष गुरागाईले बताए ।

कार्यक्रमको अध्यक्षता सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंचका सचिव राजन आचार्यले गरेका थिए भने संचालन श सचिव अर्जुन नेपालले गरेका थिए ।
फोटो सौजन्य :आशिष गुरागाईं

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।