0 COMMENTS

काठमाडौ १३ मंसिर०७४/  एमालेले आफ्नो पार्टीले निर्वाचन आचार संहीता नतोडेको दावी गर्दै बिभिन्न पत्रपपत्रिकामा अध्यक्षको फोटो सहित गरिएको प्रचार पत्रिकाहरू बाट स्वतःस्फुर्त भएको दावी गरेको छ ।

निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी बिभीन्न पत्र पत्रीकामा विज्ञापन प्रकाशित गरेको विषयमा नेकपा एमाले लाइ २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न  निर्देशन दिएको थियाे ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा नेकपा (एमाले)को पक्षमा हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको तस्विरसहित विभिन्न पत्रपत्रिकामा प्रचार सामग्री प्रकाशित गर्नुहुने हाम्रा शुभचिन्तक तथा शुभेच्छुकहरूप्रति पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटी हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ ’। एमाले केन्दीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता बिष्णु रिमालले बुधवार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

मंसिर २१ गते हुने निर्वाचनमा हाम्रो पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न यहाँंको सहयोग र सद्भाव निरन्तर रहिनैरहनेछ । हाम्रो पार्टीले निर्वाचनका सबै कार्यक्रम र प्रचार कार्यहरू निर्वाचन आयोगले तोकेको आचारसंहिता भित्रै रही सञ्चालन गरिरहेको छ । आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्छ ।

तसर्थ, स्वतःस्फूर्त रुपमा चुनाव चिन्ह वा शीर्ष नेताहरूको तस्विरसहितको कुनै पनि प्रचार कार्य सम्पादन गर्दा आचारसंहिताको सीमाभित्र रही गर्नुहुन पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटी आम मतदाता, समर्थक, शुभेच्छुक तथा सदस्यहरूलाई हार्दिक आह्वान गर्दछ’ । एमालेले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।