0 COMMENTS

 रमिला बस्नेत उदयपुर ,मंसिर १३ / उदयपुरकाे नेपालाटारमा काँग्रेसकाे कार्यक्रम लाई सम्बाेधन गर्न जानेक्रममा उम्मेदवार नारायण कार्कीलाई बम विस्फोट गराइएको छ । बुधबार बिहान उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट भएको हो ।

बम बिस्फोटमा परी उदयपुरक प्रतिनीधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेद्वार नारायण कार्की सहित ६ जना घाइते भएका छन् । चुनावी कार्यक्रममा जादै गरेका कांग्रेस उम्मेद्वार कार्कीलाई लक्षित गरी विस्फोट गराइएको थियो । विस्फोटबाट घाइते हुनेमा कार्की सबै कांग्रसका कार्यकर्ता रहेका छन् । बम कसले विस्फोट गरायो भन्ने बारे पत्तालाग्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुर जनाएको छ । यस अघि मंगलबार पूर्वमन्त्री एवं उदयपुर क्षेत्र नम्बर एकका उम्मेद्वार डा. नारायण खड्काको गाडीलाई लक्षित गरी सुतली बम बिस्फोट गराइएको थियो भने सोमबार नेपाली कांग्रेस उदयपुरका पूर्व सभापति हिमाल कार्कीको गोठमा पनि अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।