0 COMMENTS

बैतडी, १९ कात्तिक ०७४/ आपूर्ति मन्त्री तथा राप्रपाका महामन्त्री राप्रपाका जयन्तबहादुर चन्दले लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नरहेको बताउनुभएको छ ।

लोकतान्त्रिक गठबन्धनले बैतडीको शिवनाथ गाउँपालिकाको हिरापुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नभएको बताउनुभएको हो ।

मन्त्री चन्दले लोकतन्त्रको रक्षाका लागि काँग्रेस र राप्रापाको चुनावी तालमेल भएको धारणा व्यक्त गर्दै उहाँले लोकतन्त्र सुदृढ गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वाणिज्य राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट बैतडीमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि आफूले पहल गर्ने बताउनुभयो । नेपाली काँग्रेसको नेतृत्वमा संविधान निर्माण भएको र संविधान कार्यान्वयनका लागि पनि काँग्रेसकै नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

प्रदेश नं ७ को एक मात्र जिल्ला बैतडीमा मात्रै काँग्रेसले राप्रपासँग चुनावी तालमेल गरेको छ । बैतडीमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि काँग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उम्मेदवार बन्नुभएको छ भने प्रदेश सभाका लागि बैतडी ‘क’ मा नेपाली काँग्रेसका हरिमोहन भण्डारी र ‘ख’मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।