0 COMMENTS

ललितपुर, १९ कात्तिक०७४/ लागुऔषध बोकेर हिँडेको अवस्थामा प्रहरीले स्थानीय तिखिदेवलबाट ललितपुर महानगरपालिका–१४बस्ने प्रवेश ढुंगाना र विक्रम खड्कालाई पक्राउ गरेको छ ।

लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा कात्तिक १७ गते सिल्ड एण्ड सर्च अप्रेसनमा खटिएको प्रहरीले उक्त स्थानमा रहेको बा ३१ प ७९८७ नंको मोटरसाइकल जाँच गर्दा कारोबारी पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले आज बताए ।

अभियुक्तका बयानका आधारमा लागुऔषध वितरण गर्ने प्रभु साह भनिने जमुना साह तेलीको डेरा तलास गरी निजलाई समेत पक्राउ गरिएको छ । उनको डेराबाट थप लागुऔषध फेला परेको जनाइएको छ । पर्सा जिल्ला घर भएका हाल काठमाडाँैं महानगरपालिका–२६ बस्ने साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।