0 COMMENTS

 prachanda_sushil_kp

काठमाडौँ, असोज प्रमुख तीन राजनीतिक दलले भोलि आइतबार संविधान जारी गर्ने समारोहमा सहभागी हुन सबैलाई संयुक्त वक्तव्यमार्फत आह्वान गर्ने भएका छन्

 

नेपाली काँग्रेस, नेकपा एमाले एनेकपा (माओवादी)का शीर्ष नेताको बैठकले संविधान जारी गर्ने महत्वपूर्ण समारोहमा सबैलाई सहभागी हुन संयुक्त रुपमा वक्तव्य जारी गरी आग्रह गरिने असन्तुष्ट पक्षलाई पनि सन्तुष्ट पार्ने गरी आजै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने बैठकपछि एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बताउनुभयो

 

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भोलि राष्ट्रपतिले विशेष समारोहका बीच संविधान विधिवत् जारी गर्नुहुने बताउनुभयो

 

बैठकमा समसामयिक परिस्थितिको सम्बन्धमा समीक्षा गरिएको बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मधेस आन्दोलनको पनि उपलब्धि भएको संविधानले आम नेपाली जनतालाई सम्बोधन गरेको उल्लेख गर्नुभयो

 

उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।