0 COMMENTS

बिष्णु सेढाइ,लमजुङ,१असाेज/लमजुङ बेसिशहर नगरपालिका -११ रामचाेकबेशि चाम्बाेटे मा खानेपानीकाे अभाव रहेकाे छ । २०५० सालतिर संचालित चिउरिवाेटे खानेपानी अायाेजना २४ बर्षसम्म पानी ब्याबस्थित हुन सकेको छैन । चिति गा. बि. स. बाट बिनियाेजित सानाे तिनाे रकम बाट मर्मत हुदै अायकाे याे अायाेजना ऐले भने झन् समस्यामा छ । अायाेजना सुरुहुँदा १० – १२ घर थियभने ऐले ३० – ३५ घरकाे हाराहारी छ । पानीको स्राेत भने घट्दै गयकाे तर जनसंख्या भने बढ्दै गयकाे छ  ।

मुहानको अास पास बस्ति बस्न थालेपछि बिचमा पाईप काटेर भयपनि पानी खानेहरुकाे कारण लक्ष्यित उपभोक्ता लाई समस्या परेकाे छ । सम्पूर्ण उपभोक्ता लाई समेटेर ब्यावस्थित तरिकाले स्वच्छ पिउने पानी उपलब्ध गराउने हाे भने झन्डै २० लाख रुपैयाँ खर्च हुने देखिन्छ । रामचाेक बेशि भयपनि अलि पिछडिएको गाउँ छ याे । १ करोडकाे लगानीमा रामचाेकबेशि खानेपानी अायाेजना सम्पन्न भयपनि चिउरिवाेटे खानेपानी अायाेजनामा एकरुपैया पनि छुट्टयाइएन लाग्छ याे ठाउँ रामचाेकबेशि भित्र पर्दैन जति रकम छुट्याय पनि बिकाश निर्माणकाे लागि याे ठाउँ सधैं उपेक्षामा पर्ने गरेको छ ।अाम नागरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउनु सरकारकाे जिम्मेवारी हाे तर बेसिशहर नगरपालिका -११ रामचाेकबेशि चाम्बाेटे का बासिन्दाहरुले स्वच्छ खानेपानीकाे अभाब झेल्नुपरेको छ ।

चुनाव का बेला भाेट प्राप्त गर्नकै लागि बिकाश निर्माणकाे कुरा गरेपनि चुनाव पछिभने वास्ता गर्दैनन् । स्थानीय निकायकाे निर्वाचन ताका याे अायाेजना ब्यबस्थित गर्ने भनिएपनि चुनाव सकिएपछि सेलायाे र अब अाउदाे निर्वाचनकाे सुरुवात संगै फेरि याे अायाेजना बनाउने अास्वासन दिनेछन् । अायाेजनाकाे ठाउँ ठाउँमा पाईप काटिएको बाँसका ढुङ्राहरु प्रयाेग गरेर बढाे सकसले थाेरै पानी उपभोक्ताकाेमा पुग्ने गरेकाे छ त्यै पनि नियमित तरिकाले हाेईन । गाउँमा युवाहरु नहुने र दिनदिनै पानी बनाउन जानुपर्ने बाध्यताले गाउँका बा- अामा हरु हैरान हुनुहुन्छ । खानेपानीको हैरानी कैलेसम्म भाेगिरहने चाम्बाेटेका बासिन्दाहरुले ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।