0 COMMENTS

काठमाडौँ १ असाेज०७४/ बुडानिलकष्ठ नगरपालीकामा मेयर उद्धब खरेलले स्थानीय सरकारमा  निर्वाचीत भर्इ नगर पालीकाले  १०० दिनमा गरेका कार्यहरू बारे जानकारी गराउने उदेश्यले   अाज बुढानीलकष्ठ नगरपालीकाकाे कार्यालयमा एक पत्रकार सम्मेलनकाे अायाेजना गर्याे । पत्रकार सम्मेलनमा बुडानिलकष्ठ नगरपालीकाका मेयर उद्धब खरेलले नगरपालीकाले  हाल सम्म गरेकाे उल्लेखनीय २२ वटा कार्यक्रमकाे बुदागत रूपमा जानकारी गराएका छन । चुनाबी दाैरानमा पनी अाफु हरूले कुरा भन्दा कामलाइ बढि प्राथमीकता दिनु पर्ने हुदा गर्न सकिने   कुराहरू  मात्र  जनता सामु बाेल्नु पर्छ भन्दै जनतालाइ  कम नै अासवासन बाडने नेतामा चीनीएका मेयर उद्धब खरेलले  स्थानीय  चुनाव पछि अाफु बुडानीलकष्ठ नगरपालीका मेयर पदमा रहेर  पुरागरेकाे  सयौँ दिनको आफ्नो  प्रगति विवरण पत्रकार सम्मेलनमाफर्त सार्वजनिक गरेका छन् ।

१. नगरपालिका सम्म जनताको पहुँच(Access) बढ्योः

  •  कुनै पनि विकास हुँदा यसले विभिन्न चरणहरु पार गर्नु पर्ने हुन्छ। पहिलो चाही पहुँच (Access) बढाउने तिर हाम्रो ध्यान गयो ।
  •  जनता हरु बाट पाएको सबै भन्दा सकारात्मक प्रतिक्रिया भनेको उहाँहरुले नगरको तर्फ बाट पाउनु भएको रेस्पोन्सनै हो। धेरैले हामीलाई अहिले नगरपालिका आउन त्यति संकोच र डर लाग्दैन। हिजो चाँही केही संकोच मान्ने गरेका थियौँ भनेर प्रतिक्रिया दिनु भएको छ। जहाँसम्म लाग्छ जनताको फ्लो पनि बढेको छ। हिजो सम्म नगरपालिकामा कहिल्यै पाइला नटेकेका वर्गका मानिस पनि आज चासो लिएर आउने वातावरण सिर्जना भएको छ। चाहे विज्ञहरुको कुरा गरौँ या केहि सहयोग गर्छु भन्ने युवा जमात। उहाँहरुको लागी सम्पर्क गर्ने एउटा माध्यम हामीले व्यवस्था गरेका छौँ। र सकेसम्म उत्तरदायी हुने प्रयास गरेका छौँ।
  • १३ वटा वडा कार्यालयले काम सुरु गर्दैछन्। हामीले ६ स्थानमा रहेका वडा कार्यालय हरुलाई विस्तार गरेर १२ ठाउँमा सुरु गरेका छौँ। बाँकी एउटा पनि केही दिनमै सञ्चालनको पुर्ण तयारीमा रहेका छन्। मन्त्रालयले कर्मचारी नियुक्ती पनि गर्न नदिएको र कर्मचारी पनि नपठाएको अवस्थामा हाम्रा आन्तरीक सरुवा बाट सबै कार्यालयबाट सेवा दिन सुरु गरेका छौँ  र  क्वालिटीको कुरामा पनि हामी काम सुरु गर्दैछौँ। कतिपय साथीहरु नयाँ हुनुहुन्छ त्यसकारणले केहि तालिमको व्यवस्था गर्ने योजना बनाएका छौँ।

 २. पुर्ण खोप सुनिश्चित नगरको घोषणाः 

  • एउटा महत्वपुर्ण काम भनेको हामी आएपछी पुर्ण खोप सुनिश्चित घोषणा गर्ने काम सम्पन्न भएको छ। हिजो विभिन्न कारणले गर्दा सम्पन्न हुन नसकेको कार्य हाम्रो नेतृत्वमा सफल बनाएका छौँ।

३. युवामैत्री हुने अवस्था सिर्जनाः

  •  युवाको लागी छुट्टिएको बजेट युवा संसद, युवा परिचालनको नयाँ नीतिको व्यवस्थाले युवा मैत्रि नगरको रुपमा विकसित हुन खोज्दै छ।
  • विभिन्न कार्यक्रम हरुमा युवा सहभागिताको सुरुवात भएको छ।
  •  युवा परिचालनको कार्यविधी बन्ने क्रममा रहेको छ।

 ४. वातावरणको क्षेत्रमा वृक्षारोपणको कार्यक्रम सुरुवातः 

  • वृक्षारोपण गर्ने कार्यको सुरुवात भएको छ। ‘Save Water, Save Tree, Save Oxygen, Save life’ भन्दै नीतिमा समावेश गरे अनुसारका कार्यक्रम हरु अगाडी बढेका छन्।

 नीजि क्षेत्र, स्थानीय क्लब सँगको सहकार्यमा गोल्फुटार-बूढानिलकण्ठक सडक खण्डको दाँया बाँया बिरुवा रोप्ने कार्यको सुरुवात भएको छ।
५. संघ-सस्था हरु सँग बढेको सहकार्यः

  •   हाम्रो नीति अनुसार स्थानीय क्लब र संघ-संस्थाहरुसँग सहकार्य अगाडी बढेको अवस्था छ। चाहे वातावरण दिवसको कार्यक्रम होस् या वृक्षारोपण सबैमा हामीले सहकार्य गर्दै छौँ। खेलकुद, सरसफाई रिसर्च जस्ता कार्यहरुमा पनि सहकार्य भएको छ।
  • हालसालै वडा नं १ र २ मा महिला समुहको सक्रियता र नगरपालिकाको सहयोगमा फोहोरको उत्पादन घटाउनको लागी परियोजना सुरु भएको छ। जसमा अहिले डाटा कलेक्शनको काम भईरहेको छ। 

६. चालु खर्च यथावतः

  •  हामी आएपछीको सबै भन्दा उपलब्धी र सकारात्मक पक्ष भनेको चालु खर्च नबढाउनु हो। गत वर्ष २८% भन्दा धेरै भएको चालु खर्च यो वर्ष २५%मा झरेको छ। यसमा नगरपालिका अन्तर्गतका विभिन्न कार्यालयहरुको सञ्चालन खर्च, आपतकालिन खर्चहरु, आर्थिक सहायता,  कर्मचारीको तलब भत्ता सँगै शिक्षक, स्वास्थ्यका कर्मचारी र जनप्रतिनिधी हरुको तलब भत्ता पनि समेटिएको छ।

७.नीतिगत सुधारका प्रयासः

  •  हामीले १०० दिनमा गरेको अर्को सकारात्मक सुधार भनेको नीतिहरुमा आएको सुधार हरु हुन्। हामीले भनेका छौँ। हरियाली दोब्बर गर्ने, महिलाका बजेट तालिममा मात्र भन्दा पनि केहि उत्पादन मुलक काममा लगाउने, पर्यटनलाई दिइएको प्राथमिकता, शिक्षाको लागी छुट्टिएको बजेट, ई-गभरनेन्सको लागी दिइएको प्राथमिकता हरु सकारात्मक पाटो हुन्।
  •  शिक्षा क्षेत्र प्राथमिकतामानेपाल सरकारले दिएको शिक्षाको बजेट बाहेक हामीले छुट्टै १ करोड ७० लाख शिक्षाको लागी विनियोजन गरेका छौँ। जुन बजेट हामी शैक्षिक पुर्वाधार, सुधार शिर्षकमा खर्च गर्दैछौँ। यसले सार्वजनिक शिक्षामा  सुधारका कार्यक्रम ल्याउने छ।

८. गुनासोको सम्बोधनः

  •  नगरकार्यपालिकाको गठन पश्चात यो वर्षाको समयमा भएका साना ठुला प्राकृतिक विपद्का घटना बाट जनतामा पर्न गएको समस्याको तत्काल सम्बोधन गरेका छौँ।
  •  सहायक बाटोहरुमा प्रत्येक वडामा ग्राभेल हाल्ने र हिड्न लायक बनाउने प्रयास गरेका छौँ।
  •  ढलेका पोल, घरमाथी बाट गएका तारहरुको व्यवस्थापन गर्न लगत संकलन गरी सम्बन्धीत कार्यालयहरुमा पत्राचार गरी सम्बोधन गर्ने प्रयास भएको छ। चुनिखेलमा नयाँ वस्तिमा लाईन विस्तारको काम सम्पन्न भएको छ। 

९. सुचनाको पहुँच र उत्तरदायित्व बहनको प्रयास

 हामी नगरपालिकामा आएपछी सुचनाहरु जनतामा अपडेट गराउने क्रम बढेको छ। हामीले फेसबुक पेज र वेभसाइटलाई निरन्तर अपडेट गरिरहेका छौँ। साना ठुला सबैखाले सुचनाहरु पुर्याउने प्रयास भएका छन्। 

१०. तथ्याङ्कमा आधारीत शासन सञ्चालनको प्रयासः-

  • डाटा संकलनका कार्यक्रम हामीले अबदेखी नीति तथा कार्यक्रमहरु बनाउँदा तथ्याङ्कमा आधारित रहेर बनाउनु पर्छ भनेर केहि योजना अगाडी सारेका छौँ। सोही अनुरुप शिक्षा क्षेत्रको बृहत सर्भे हामी सञ्चालन गर्दै छौँ। करिब ४ हजार घरमा पुगेर बालबालिकाको सिकाई उपलब्धी मापन गर्ने, नगर भित्रका प्रत्येक विद्यालयमा पुगेर तथ्याङ्क संकलन गर्ने कार्यक्रम अगाडी बढेको छ। जसको भाद्र २८ गते प्रारम्भिक सहमति पत्र (MOU) मा हस्ताक्षर भएको छ।
  •  बजेट विश्लेषणको काम हामीले पहिलो पटक बजेट विश्लेषण गर्न सुरु गरेका छौँ। विगत ३ बर्ष देखीको बजेट विश्लेषण गर्ने ट्रेन्ड  Analysis  गर्ने काम भएको छ। यसले हामीलाई बजेटको हिस्सा कसरी कुन क्षेत्रमा प्रयोग भईरहेको छ भन्ने जानकारी भएको छ। र यसले आगामी दिनमा योजना निर्माण गर्न सहयोग पुग्ने छ।

११. गुनासो सुन्ने परिपाटीको विकास (रेस्पोन्सिभ हुने प्रयास)

  •  जनताको गुनासा सुन्ने र त्यसलाई प्रोसेसिङ गर्ने कल्चरको विकास ‍। समस्या तत्काल सम्बोधन नभए पनि कसमेकम त्यसको रेस्पोन्स गर्ने गरेका छौँ। 

१२. विज्ञहरुको चासो र उहाँहरुको सहभागिताः

  • नगरपालिकामा रहेका विभिन्न बिषयका बिज्ञ ज्यु हरुले चासो का साथ नगरपालिकामा आउने र आफ्नो सुझाव हरु दिने क्रम सुरु भएको छ। हिजो नगरपालिकामा उहाँहरुको चासो कम थियो तर, नगरले जनप्रतिनिधी पाए सँगै विज्ञहरुले सुझाव दिने गरी सहभागीता बढेको छ।

 १३. मानव स्रोत नक्साङ्कनः

  •  नगर भित्र रहेका लब्धप्रतिष्ठित व्यक्तीहरुको सुचिकरण। हामी सँग जहिले पनि यस नगरमा उच्च पदस्थ व्यक्तित्व हरुको बसोबास रहेको कुरामा गर्व गर्छौँ। यसपल्ट हामी गर्व मात्र गरिरहेका छैनौँ। वडा समिति हरु मार्फत हामीले उहाँहरुको विवरण संकलन गरेका छौँ। हामी सँग अहिले करिब ३०० जना विशेषज्ञ, व्यवसायी, विज्ञहरुको सम्पर्क सहितको सुची रहेको छ। जसलाई हामीले विषयगत रुपले छुट्याईसकेका छौँ र क्रमै सँग सुझाव लिने काम पनि भईराखेको छ। 

१४. जनप्रतिनिधिलाई तालिमः निर्वाचन पछी हामील ग्लोबल एक्शन नेपाल सँगको सहकार्यमा हामीले निर्वाचित  मनोनित सबै प्रतिनिधी ज्यु हरुलाई तालिम दिएका छौँ। कतिपय निर्वाचित साथीहरुमा योजना तर्जुमा, स्थानीय सरकारको बारेमा रहेका अन्योलता केहि हदसम्म चिर्न सफल भएको छ सो तालिम। जसमा एउटा सकारात्मक पक्ष भनेको इन्टन्सिभ खालको योजना तर्जुमा को सेसन रहेको थियो। जसले प्रयोगात्मक रुपले योजना तर्जुमा, प्राथमिकिकरणको अवधारणालाई बुझाउने काम भएको थियो। 

१५. डिजिटाईजेसन तर्फको यात्राः e-governance लागु गर्ने हाम्रो ५ वर्षे लक्ष्य हो। यसको लागी  प्रारम्भिक रोड म्याप बनिसकेको छ। विस्तृत योजना बन्ने क्रममा रहेको छ। एउटा उत्कृष्ट कम्पनि सँग सहकार्य गर्दैछौँ । जस अन्तरगत डिजिटल म्यापिङको लागि नगरका प्राविधिकहरुको टिम सँग एक चरणको अन्तरक्रिया सम्पन्न भईसकेको छ।

 १६. खेलकुदमा गरिएको लगानीः हामीले नगरको खेलकुदलाई पनि यो पटक विगतको भन्दा बढी बजेटको व्यवस्था छौँ। साना ठुला योजना गरेर करिब ८० लाख छुट्याएका छौँ।  हामीलाई Reason र Vision राम्रो लागेका योजना हरुमा रकम विनियोजन गर्न कन्जुस्याँई गरेका छैनौँ। वडा नं ४ मा बन्दै गरेको फुटबल मैदानको लागी मात्र हामीले २० लाख बिनियोजन गरेका छौँ यो नगरको गौरवको योजनाको रुपमा रहेको छ तसर्थ चाँडो भन्दा चाँडो सम्पन्न गर्नु पर्छ भन्दै २० लाख बजेट छुट्याएका हौँ।

 १७. प्रकाशन तर्फ भएका प्रगती र प्रयासः

 हाम्रो नगरपालिकामा देखाउन लायक र अभिलेख राख्न पर्ने धेरै राम्रा पक्ष हरु रहेका छन्। हरित नगरको रुपमा परिचित हुन सक्ने हामी सँग प्राकृतिक, धार्मिक, पौराणिक, आध्यात्मिक सम्पदा हरु रहेका छन्। नगरपालिकाले यस्ता विषयहरु सँग सम्बन्धित बिषयबस्तुहरुमा भएका अध्ययन सामाग्रीमा आधारित रहेर प्रकाशनको कामलाई पनि अगाडी बढाएको छ। जसमध्ये ३ वटा परियोजनाको अध्ययन सकिएर डिजाइन र प्रिन्टको काम बाँकी रहेको छ। 

१८.हेल्प डेस्कको स्थापनाः

  •  फुल फङ्सनल नभए पनि हामीले हेल्प डेस्कको स्थापना गरेका छौँ। कर्मचारी अभावले गर्दा हामी सकेसम्म पालैपालो भएपनि हेल्प डेस्कमा जनताका समस्या हरु सुनेर सहजकर्ताको रुपमा कार्य गर्ने गरेका छौँ। 

१९. सरसफाई अभियानको सुरुवातः

  •   जनप्रतिनिधी आईसकेपछी भएको अर्को सकारात्मक पक्ष भनेको सरसफाई अभियान हो। विभिन्न वडा हरुले अभियान हरु सञ्चालन गरिरहेका छन्। जनतामा एक किसिमको  Awareness (सचेतना) ल्याउने काम भएको छ। 

२०. नगर भित्र रहेका संघ संस्थाहरुको सुचिकरण गर्ने कार्यको थालनिफः

  •  हिजो सानो संख्यामा रहेको संघ-संस्था, टोल सुधार समिति क्लबहरुको सुचिकरण गर्ने कार्यलाई निरन्तरता दिँदै प्रत्येक वडा कार्यालयहरुले सुचिकरणको सुचना प्रकाशित गरेर संस्था सुचिकरण गर्ने कार्य द्रुत गतिमा अगाडी बढेको छ।
  •  निर्माण सम्पन्न भएका तर करको दायरामा नरहेका भवनहरुको सुचिकरण कार्य पनि सुरु भएको छ। 

२१. गत बर्षका योजनाहरु सम्पन्न गर्न सहजिकरणः

  •  गत आ.वका योजनाहरु सम्पन्न गर्नको लागी प्रत्येक वडाका जनप्रतिनिधी हरुले नेतृत्व लिँदै उक्त योजनाको सफल कार्यान्वयन भएका छन्। भौतिक पुर्वाधार तर्फ र लक्षित वर्गका योजनाहरु दुवै तर्फ योजना हरु कार्यानव्यन भएका छन्।

२२. खानेपानी तथा सडक निर्माणका लागी डेलिगेसनः

  • नगरको खानेपानीको लागी KUKL, PID तथा सडकको लागी सडक विभागमा गई आफ्नो कुरा स्पष्ट सँग राखेका छौँ। 
  • कपन क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने व्यवस्थाको लागी नगरपालिकाको तर्फ बाट पहल गर्ने काम भएको छ।
  • काठमाण्डौँ उपत्यका प्राधिकरण सँग पनि बाटो विस्तार र निर्माण योजनाका लागी छलफल भएको छ। 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।