0 COMMENTS

काठमाडौं १ असाेज/नेपालको नयाँ संविधान २०७२ को प्रमाणीकरण भएको छ। संविधानसभाले अत्यधिक बहुमतले पारित गरेको नयाँ संविधानमा सभासद्हरुले हस्ताक्षर गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले शुक्रबार अपरान्ह प्रमाणीकरण गरेका हुन्।

subaschandra
नयाँ संविधानसमा हस्ताक्षर गरी प्रमाणीकरण गर्दै सभाध्यक्ष सुबास नेम्बाङ ।

प्रमाणीकरणपछि संविधानले वैद्यानिकता प्राप्त गरेको छ। अब यसको औपचारिक घोषणा मात्र बाँकी छ, जुन असोज ३ गते पाँच बजे संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहमा राष्टपतिबाट हुनेछ। त्यसैदिनदेखि संविधान लागु हुनेछ ।

नेपाली कागजमा मुद्रित पाँच प्रति संविधानमा सभासद्हरुले हस्ताक्षर गर्ने काम सकिएपछि सबा तीन बजे नेम्वाङले प्रमाणीकरण गरेका हुन्।शुक्रबार बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरमा सुरु भएको थियो।

संविधानसभा भवनको ल्होत्से हलमा सभाध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा हस्ताक्षर भएको हो। कुल १० वडा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्हरुको नामावलीको सूचीमा हस्ताक्षर सम्पन्न भएको छ।गत भदौ ३० गते पारित भएको संविधानमा बिहीबार शुद्धाशुद्धि हेर्ने काम सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।