0 COMMENTS

 नेपालगन्ज, ४ भदौ०७४/ नेपालगन्जस्थित रोयल प्यालेस होटलबाट प्रहरीले करिब दुई किलो ३०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

सुराकीको आधारमा शनिबार राति अबेर सो होटलको कोठा नं २०३ मा छापा मारेर प्रहरीले बाँके बैजापुरका मंगलप्रसाद थारु, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सुनसहित पक्राउ गरेको हो ।

क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोको टोलीद्वारा छापा मारी बरामद गरिएको सो सुन र पक्राउ आरोपीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।