0 COMMENTS

काठमाडौं ४ भदौ०७४/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई अर्को ठूलो झट्का लागेको छ । बाबुरामलाई साथ दिएका २०६ जना केन्द्रीय परिषद् सदस्यले पार्टी परित्याग गरेका छन् ।बलराम पुनको नेततृत्वमा संयुक्त विज्ञप्ती निकालेर उनीहरुले देवेन्द्र पौडेल समूहमा लागेको जनाएका छन् ।

केही दिनअघि पौडेलको नेतृत्वमा मुक्ति प्रधान, कुमार पौडेल पासाङ शेर्पा सहितका १५ जना नेताले धु्रविकरण संयोजन समिति गठन गरेका थिए । त्यस लगत्तै संयोजक भट्टराईले उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेका थिए ।

उनीहरु सबैले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । यसअघि रामचन्द्र झा र रामकुमार शर्माले नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् ।

हेर्नुस बाबुरामको साथ छोड्नेहरुको नामावलीः याहाँ क्लीक गराै

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।