0 COMMENTS

काठमाण्डाै ३० असार०७४/ २३ बर्ष अघि पकरी चोक सप्तरीमा स्थानीय लार्इ हत्या गरी फरार रहेका अपराधीहरु पक्राउ ।२०५१साल चैत्र २०गते राति पकरी चोक सप्तरीमा रामलिला हेरी आप्नो घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई वादबिबादको क्रममा कुटपिट गरी धारीलो हतियार प्रहार गरी कर्तब्य गरी हत्या गरेको र निज मण्डलको मृतक शव २०५१साल चैत्र २१ गते सोही स्थानमा फेला परेको वारदातमा संलग्न सचिन्द्र यादव, कारी यादव, कारी सदा मुसहर, रामकिसुन सदा मुसहर र दामोदर सदा मुसहर समेतका पाँचजना  मध्ये हालसम्म फरार रहेका सप्तरी जील्ला साविक पकरी गा.बि.स. वडा नं. ६ हालको महादेवा गाऊँपालिका वडा नं. १ स्थायी वतन भई धुम्बाराही काठमाडौंमा डेरा गरी बस्ने बर्ष ४६ का सचिन्द्र यादव र साेही स्थान बस्ने बर्ष ३५ का कारी यादव समेत दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले २९ गते बेलुका बालाजु, काठमाडौंबाट पक्राउ गरी  कर्तब्य-ज्यान मुद्दामा सर्वोच्च अदालतको मिति २०६२साल जेष्ठ ७ गतेको फैसलाले पक्राउ परेका दुवै जनालाई सर्वश्व सहित जन्म-कैदको सजाय हुने ठहर गरेको हुदा नीज हरूलाइ २०७४ असार ३० गते फैसला कार्यन्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएकोमा निज हरुलाई अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाईएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।