0 COMMENTS

कल्पना बोहरा ,असार ३० अछाम/अछामकामंगलसेन नगरपालिकाको दोस्रो वोर्ड वैठक विभिन्न निर्णय गर्दै सुक्रवार सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम वहादुर वोहराको अध्यक्षतामा भएको वैठकले वडा नं १२, १३ र १४ को वर्तमान अवस्थामा कायम रहेको जनशक्ति परिचालन गरी वडाको कार्य सुचारु गर्ने र अन्य ११ ओटा वडाहरुमा जनशक्ति व्यवस्थापनका लागी कर्मचारी व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

यस्तै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नगर सभामा विजयी भएका ८ जना जनप्रतिनिधिहरुलाई स्वागत गरएको छ । वैठकले चालु आर्थिक वर्ष २०७३÷०७४ मा नगर विकास अन्तर्गत संचालित ठुला योजनाहरुको म्याद थप गर्ने समेत निर्णय गरिएको नगरपालिकाका सुचना अधिकारी नरेश वहादुर कठायतले जानकारी दिनु भयो ।

यस्तै वैठकले स्वास्थ्य विमालाई जनताको घरदैलोमा पुर्याउन र यसलाई अझै प्रभावकारी रुपमा संचालन गर्न १४ ओटै वडाका वडाध्यक्षहरुलाई आ आफ्नो वडामा व्यापक रुपमा प्रचार प्रसारमा लैजाने निर्णय गरिएका छ । वैठकले मंगलसेनमा एउटा पनी एम्वुलेन्स नभएकाले आगामी नगर परिषदमा एम्वुलेन्सको व्यवस्था गर्ने प्रस्ताव लैजाने र आगामी साउन १५ गते भित्र नगरपालिकामा संचालित योजनाहरुको सार्वजनिक सुनुवाई गरिने समेत निर्णय गरिएको छ । यसैगरी वैठकले सहरी विकासको रजिष्टेशन दस्तुर तिर्नु पर्दा जनतालाई दोहोरो करको भार पर्ने हुदा उक्त कर दस्तुर नगरवासि जनतालाई तिर्नु नपर्ने तर्फ सम्वन्धित नकिायलाई पत्राचार गर्ने लगायतका निर्णय गरिएको सुचना अधिकारी कठायतले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।