0 COMMENTS

काठमाडौं, २१ भदौ । आइतबार अपराह्न काठमाडौंको जोरपाटीमा गोली चलाउने ३० बर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गर्दा प्रहरीमाथि आक्रमण भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु भगवानपाउ बस्ने दोलखा विगु घर भएका ३० बर्षीय तेन्जिङ शेर्पालाई आइतबारै प्रहरीले १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोली सहित पक्राउ गरेको थियो ।

शेर्पाले गोकर्णेश्वर नगरपालिका–१२ नारायणटार लामा पेट्रोल पम्म नजिकै हेलम्बु बसपार्कमा सर्लाही घर भएका २४ वर्षीय राजकुमार वाइवामाथि गोली प्रहार गरेका थिए । गोली फायर भएको खबर पाएपछि घटनास्थल पुगेको महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शेर्पालाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

शेर्पालाई पक्राउ गरी ल्याउने क्रममा घटनास्थलमा एक समूहले प्रहरीको बा.१ झ १२७ नम्वरको गाडीमा ढुंगा प्रहार गर्दा सिसा चर्केर क्षति भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।