0 COMMENTS

कल्पना बोहरा,असार ६, अछाम/स्थानिय तह दोस्रो चरणको निर्वाचन २०७४ लाई सफल पार्न र मत बदर नहुने उद्देश्यले अछाममा नमूना मतदान गराईएको छ । जिल्ला निर्वाचन कार्यालय अछामको आयोजनामा सदरमुकाम मंगलसेन स्थित मंगलसेन नगरपालिकाको कार्यालयमा नमुना मतदान गराईएको हो । मंगलसेन नगरपालिका प्राङगणमा भएको नमूना मतदान कार्यक्रमलाई उदघाटन गर्दै जिल्ला न्यायधिस तथा अछाम जिल्लाका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंज्ञनीले २० वर्ष पछि असार १४ गते हुन लागेको स्थानयि निर्वाचनमा उत्साहपूर्ण सहभागी भईदिन अनुरोध गर्नुभयो ।

यस महाँन कार्यमा सहभागी भई हाम्रो भन्दा राम्रो प्रतिनिधी निर्वाचित गर्न अपिल गर्नुभयो । मत बदर नहुने गरी आफुले चाहेको प्रतिनिधी चयन गर्न मुख्य निर्वाचन अधिकृत पंज्ञनीले आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय अछामका निर्वाचन अधिकारी चुडाराज सापकोटा, मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद ढुंगाना, निर्वाचन आयोगका प्रतिनिधी लगयतको सहभागिता रहेको थियो । नमूना मतदान कार्यमा मंगलसेन नगरपालिका भित्रका ६२ जना स्थानिय मतदाताहरुले सहभागिता जनाएका थिए । खसेका ६२ मतमध्ये ४ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जाँनकारी दिनुभयो । नमूना मतदानमा केहीले ल्याप्चे लगायको, केहीले कुनै कोलम खाली छाडेको र पट्याँउदा मसि लतपतिएको अवस्थामा मत खसेको सापकोटाले जाँनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।