0 COMMENTS
 
कल्पना बाेहरा,असाढ ६,अछाम/दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत नेकपा एमालेले अछाममा विजयी सुरुवात गरेको छ ।
अछामको सदरमुकाम मंगलसैन नगरपालिकास्थित दुई वडामा एमाले उम्मेदवार निर्विरोध निवार्चित हुँदै विजयी यात्रा अगाडि बढाएका हुन् । मंगलसैनमा एमालेका तर्फबाट ५ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । वडा नम्बर २ मा खुल्ला सदस्य पदका उम्मेद्धार पुरन वोगटी, बमबहादुर बोगटी, महिला वडा सदस्यमा सुनिता बोगटी, दलित महिला सदस्यमा भुन्टि ढोली निर्विरोध निर्वाचित भएका हुन । उक्त वडाका नेपाली काँग्रेसका उम्मेद्धारहरुले उमेदवारी फिर्ता लिए पछी उनिहरु निर्विरोध निर्वाचत भएका वताईएको छ । यस्तै मंगलसेन नगरपालिका  र वडा नम्बर ७ मा महिला वडा सदस्य जमुना जैसी पनि निर्विरोध निर्वा्चित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा आफ्ना उम्मेद्धारहरुले विजयीको सुरुवात गरेसंगै यही असाढ १४ गते हुने निर्वाचनमा नेकपा एमालेको जितको सुनिश्चितताको संकेत दिएको नेकपा एमालेका जिल्ला सचिव यज्ञ वोगटीले प्रतिक्रिया दिएका छन । यसअघि बझाङको काँडा गाउँपालिका वडा नम्बर ५ मा एमालेको प्यानलै निर्विरोध भइसकेको छ भने बाजुराको बडिमालिका नगरपालिकामा पनि एमालेबाट दलित वडा सदस्यमा लुती नेपाली निर्विरोध भएका छन् ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।