0 COMMENTS

Rekha-Thapaकाठमाडौँ । छवि ओझासँग ब्रेकअप भएपछि सिंगल बनेकी नायिका रेखा थापालाई चाहनेहरुको अझै कुनै कमी छैन । स्वयम् रेखाले पनि बेला बेलामा आफू योग्य वरको खोजीमा रहेको अभिव्यक्ति सार्वजनिक गरेपछि आश गर्नेहरु पनि धेरै छन् । यसैबीच रेखा थापा भने एकजनालाई औंठी दिने उदेश्यले युएई उड्दै छिन् । यो खबरले मलेसियामा रहेका रेखालाई चाहनेहरुको मुटुको ढुकढुकी अझ बढाइदिएको छ । रेखाले दिने औंठी आफूले नै लगाउँन पाऊँ भन्नेको संख्या पनि बढेको छ । सँगै रेखाले दिने औंठी लगाउँन पाउँने भाग्यमानी को होला त ? भन्ने अर्को खुल्दुली पनि बढाइदिएको छ ।

हिन्दू नारीहरुको पर्व हरितालिका तीजको अवसरमा यूएईका विभिन्न शहरहरुमा हुने तीज उत्सवमा सहभागी हुन् कलाकारहरुको एक टोलीको साथमा रेखा युएई पुगेकी हुन् ।

पछिल्लो समय विदेशतिर अत्यधिक माग भएपनि हत्तपत्त सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो उपस्थिति नजनाइहाल्ने रेखा मानव कल्याणका लागि हुन लागेको तीज उत्सवमा भने सहभागीता जनाउन त्यसतर्फ जान लागेका हुन् ।

कार्यक्रममा रेखाका अलावा कलाकार तथा संचारकर्मी श्याम अर्याल, हास्यकलाकारद्धय किशोर भण्डारी ‘डिट्ठासाब’ र रेशमा तिमल्सिना ‘बुनु मैचा’, गायक परशुराम रिजाल, लोक गायिका मिना अधिकारीका साथै यूएइइका स्थानीय कलाकारहरुको सहभागीता रहनेछ ।

कार्यक्रममा सहभागीता जनाउने यो टोली बुधबार यूएई प्रस्थन गर्दैछ । यूएईका सारजाह, फुजेरा र दुवईमा हुने तीज उत्सव सेप्टेम्बर ४ र ११ मा आयोजना हुने आयोजकले जनाएका छन् ।

कार्यक्रममा एक जना भाग्यशाली दर्शकले हिराको औँठी उपहार प्राप्त गर्ने आयोजक रतन थापाले जानकारी दिनुभयो । उक्त औँठी रेखाको हातबाट लक्की ड्र मार्फत् भाग्यशाली बिजेतालाई प्रदान गरिने आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।