0 COMMENTS

akyaमुम्बई । अभिनेता अक्षय कुमार, उनकी सासु आमा डिम्पल पाडिया र श्रीमति ट्विंकल खन्नालाई भारतको सर्वोच्च अदालतले नोटिस जारी गरेको छ । यी तिनैजनाले घरेलु हिंसा गरेको भन्दै अदालतमा उजुरी परेपछि अदालतले उनीहरुलाई नोटिस जारी गरेको हो ।अक्षयका ससुरा राजेश खन्नाका लिभ इन पार्टनर रहेकी अनिता आडवाणीले यी तिन जनाले आफूमाथि हिंसा गरेको भन्दै अदालतमा उजुरी दिएकी थिइन् । अभिनेता राजेश खन्नाको निधन भएपछि मात्रै अनिताले आफूमाथि अन्याय भएको सार्वजनिक गरेकी थिइन् ।

यसअघि अनिताले बम्बे हाइकोर्टमा अक्षय, ट्विंकल र डिम्पलविरुद्ध घरेलु हिंसा गरेको भन्दै केस दर्ता गराएकी थिइन् ।बम्बे हाइकोर्टले अनिता राजेश खन्नाकी श्रीमती नभएको भन्दै मुद्दा खारेज गरिदिएको थियो ।त्यसपछि अनिता सर्वोच्च अदालत पुगेकी थिइन् । अक्षयकुमारलाई कानुनी सल्लाह दिंदै आएको ‘आईसी’ फर्मका अनुसार अहिलेसम्म अक्षयलाई यस किसिमको पत्र नआएको हुँदा सबै डकुमेन्ट हेरेर जवाफ के लेख्ने भन्नेमा निर्णय गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।