0 COMMENTS

 काठमाडौं२३चैत२०७३/ नेपालमा रहेका ठूला दरका भारतीय नोट नसाटिने करिब निश्चित भएको छ। नेपाली पक्षले भागअनुसार भारतीय पक्षले सटही सुविधा नदिने भएपछि नोट साट्नका लागि समझदारी हुन नसकेको हो। भारतीय पक्षले प्रस्ताव गरेको ठूला दरका भारु साट्ने सीमा नेपाली पक्षले स्वीकार नगर्ने र नेपालले भनेअनुसार भारतीय पक्षले नसाटिदिने अवस्था आएकाले नेपालीहरूसँग रहेका भारु नसाटिने अवस्था आएको राष्ट्रबैंकका उच्च अधिकारीले स्वीकार गरेका छन्। भारतीय टोलीले नेपाली टोलीको औपचारिक निर्णयको प्रतीक्षा गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए।

नेपाल राष्ट्र बैंकले ४ हजार ५ सय भारु दिने उनीहरूको प्रस्तावलाई अर्थमन्त्रालयमा औपचारिक जानकारी गराइसकेको छ’, उनले भने, ‘अर्थ मन्त्रालयले भने औपचारिक निर्णय दिइसकेको छैन।’ अर्थ मन्त्रालयले समयमा ठोस निर्णय गर्न नसक्दा पनि भारु नसाटिने निश्चित भएको हो। सिजर्भ बैंक अफ इण्डिया र नेपाल राष्ट्र बैंकको टोलीके भारु साट्ने विषयमा भएको वार्तामा भारतीय टोलीले ४ हजार ५ सय भारु मार्च ३१ तारिख अर्थात् चैत १८ गतेसम्म साटिदिने प्रस्ताव गरेको थियो। भारतीय टोलीले त्योभन्दा धेरै सटही सुविधा दिननसक्ने भन्दै भारत फिर्ता भएपछि त्यस विषयमा वार्तामा संलग्न पक्षले ठोस निर्णय गर्न सकेको थिएन।कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।