0 COMMENTS

काठमाण्डाै२३ चैत ०७३/ हिन्दुहरुको ग्रन्थ रामायणका लेखक बाल्मिकीविरुद्ध टिप्पणी गरेको आरोपमा पञ्जाब प्रहरीको एक टोलीले मुम्बईमा भारतीय विवादास्पत कलाकार राखी सावन्तलाई पक्राउ गरेको छ ।
राखी सावन्तले बाल्मिकीविरुद्ध टिप्पणी गरेर धार्मिक भावना भड्काएको आरोपमा दायर भएको मुद्दामा उनी अनुपस्थित भएपछि लुधियाना अदालतले उनलाई पक्राउ गर्न मार्च ९ मा आदेश जारी गरेको थियो ।

सावन्तमाथि नरिन्दर अधिया नामक एक वकिलले मुद्दा दायर गरेका थिए । अघिल्लो वर्ष जुलाईमा उनीविरुद्ध मुद्दा दायर भएको हो । एक टिभी कार्यक्रममा उनले बाल्मिकीविरोधी अभिव्यक्ति दिएकी थिइन् ।

मानिसहरु परिवर्तन हुन्छन् भन्ने सन्दर्भमा उनले बाल्मिकी सुरुमा हत्यारा भएको र पछि रामायण लेखक भएको अभिव्यक्ति दिएकी थिइन् । सन् २०१४ को आफ्नो बर्थडे पार्टीमा गायक मिका सिंहले आफूलाई जबरजस्ती चुम्बन गरे पनि पछि उनी सुध्रिएको भन्दै उनले यस्तो उदाहरण दिएकी थिइन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।