0 COMMENTS

कैलाली, ७ भदौकैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भीषण भिडन्त हुँदा प्रहरीका एक एसएसपीसहित कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्न टिकापुरका विभिन्न नाकाबाट आएका सयौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जना प्रहरी मारिएका छन् ।
ज्यान गुमाउने अन्य प्रहरीहरुमा इन्सपेक्टरहरु बलराम विष्ट र केशव बोहरा रहेका छन् । त्यसैगरी घटनामा नेपाल प्रहरीका तीन जवान र सशस्त्रका दुई जवान पनि मारिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी विश्वराज खड्काले बताए अनुसार भिडन्तमा अधिकृतसहित केही सुरक्षाकर्मी र प्रदर्शनकारी मारिएका छन् ।
थरुहट तथा मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए । समाचार अनुसार प्रदर्शनकारीले केही प्रहरीलाई जिउँदै जलाएर हत्या गरेका छन् ।
स्थानीय प्रशासनले यो घटनाबारे विस्तृत विवरण दिएको छैन । टिकापुर बजार क्षेत्र र आसपासमा अहिले पनि थरुहटका कार्यकर्ता र प्रहरीबीच भिडन्त भइरहेको छ ।
प्रहरीले निषेधाज्ञा तोड्न आएका थरुहटका कार्यकर्ताले हतियारसहित आक्रमण गर्दा आफ्ना अधिकृतसहितका सुरक्षाकर्मी मारिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।