0 COMMENTS

काठमाडौ, ७ भदौ । प्राध्यापक डा.गोविन्द केसीले आजदेखि फेरि आमरण अनसन थाल्नु हुने भएको छ ।
आफुले दिएको समयसीमा भित्र सरकारले माग पुरा गराउने पहल नगरेको भन्दै केसी आजदेखि आमरण अनसनमा बस्न लाग्नु भएको हो । आज दिउँसो ४ बजेदेखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनशन बस्न लागेको उहाँले बताउनुभयो ।

चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्याउन आन्दोलनरत डा. केसीले सरकारलाई तीन पटक समय दिए पनि माग सम्बोधन नभएकाले फेरि अनशनै बस्नु परेको बताउनुभयो । केसीले हिजोसम्म माग पुरा गर्न अल्टिमेटम दिनुभएको थियो ।
डा.केसीले पाँचौं आमरण अनशनपछि केही महिनायता तीन पटक पूर्वघोषित अनशन स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।