0 COMMENTS

काठमाडौं । प्रहरीका अनुसार काठमाडौंकी ठकुरी थरकी एक युवतीलाई गत वर्ष एक अपरिचित फेसबुक रिक्वेस्ट आयो । राणा थर भएका युवकले उनलाई फेसबुक रिक्वेस्ट पठाए, उनले एसेप्ट गरिन् । त्यसपछि ती युवकसँग उनको नियमित च्याट हुन थाल्यो । युवकले पटकपटक म्यासेज पठाएपछि यु
वतीले पनि कुरा गर्न थालिन् । युवकले आफू स्विडेनमा बस्ने गरेको बताए । युवतीलाई पनि स्विडेनमा बोलाउन सक्ने बताए ।

सपनाको पछि लागेपछि युवती नजिकिँदै गइन् । त्यसका लागि खर्च आफैँले गर्नुपर्ने प्रस्ताव आयो, युवतीले स्वीकार गरिन् । ती युवकले भनेका व्यक्तिका नाममा भारतमा पैसा पठाउन थालिन् । पटकपटक गरेर उनले २७ लाख पठाइन्, तैपनि उनको भिसा आएन ।

शंका गर्न थालेपछि युवक बेपत्ता भए । फेसबुकमा चिनजान भएका युवकले उनलाई माया गरेको नाटक गरेर ठगिरहेका थिए । गलत नाममा फेसबुक अकाउन्ट खोलेर ती युवकले त्यसरी ठगी गरेका हुन् । आफू स्विडेनको भएको भन्दै नेपालमै बसेर ठगी गरेपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट भएको चिनजानले ठगिएको यो नयाँ घटना होइन । फेसबुकबाट चिनजान गरी विदेश लैजाने भन्दै अन्य दुई युवती पनि केही महिनाअघि ठगिएका थिए । आफूसँग फ्रान्सको स्थायी बसोवासको अनुमति भएको भन्दै जोरपाटी बस्ने प्रवेश राईले धरानकी एक युवतीलाई झुक्याएका थिए । बिहे गरेर फ्रान्स लैजाने भन्दै युवतीसँग उनले आठ लाख लिई ठगी गरेका थिए । दुई महिनाअघि मात्र उनलाई प्रहरीले पक्राउ गरेको थियो । फेसबुकमार्फत नै युवतीसँग चिनजान गरी उनले ठगी गरेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रेमको नाटक गरी राईले युवतीलाई ठगी गरेका हुन् । त्यस्तै, गत फागुनमा कमलपोखरीबाट प्रहरीले नवीन घिमिरेलाई पक्राउ गरेको थियो । उनले फेसबुकमा आफ्नो लोकेसन जापान भएको भन्दै झुक्याउने गरेका थिए । अविवाहित रहेको भन्दै झुक्याएर एक युवतीसँग बिहे गर्ने नाममा ठगी गरेको आरोपमा घिमिरे पक्राउ परेका थिए ।

फेसबुकबाट चिनजान गरेर झुक्याउँदै ठगी गर्ने घटना बढ्दै गएको अपराध महाशाखाका एसपी प्रकाश अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।