0 COMMENTS

साफ यु-१९ प्रतियोगितामा भारतले अफगानीस्तानलाई २-०ले हराएको छ।

एन्फा मैदान, सातदोबाटवमा भएको खेलमा भारतका कमलप्रित सिंले दशौं मिनेटमा नै खाता खोलेका थिए।

खेलको अधिकांश समय बल नियन्त्रणा लिए पनि गोल गर्न नसकेको अफगानिस्तानविरुद्ध भारतका अनिरुद्ध थापाले ८७औं मिनेटमा अर्को गोल थपे।

खेल सकिनै लाग्दा अफगानीस्तानका गोलकिप्पर मोहम्मद नविदले दोहोरो पहेँलो कार्डसँगै रातोकार्ड पाएका थिए।

समूह ‘बी’मा अब भारतले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ।

यो समूहको पहिलो खेलमा अफगानीस्तानले माल्दिभ्सलाई ३-०ले हराएको थियो।

प्रतियोगितामा भोलि समूह ‘ए’ अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुने छ। एक एक खेल जित्दै दुवै टोलि सेमिफाइनल पुगिसकेका छन्। भोलि जित हात पार्ने टोलि समूह बिजेता हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।