0 COMMENTS

8316_Kamal-acharyaकाठमाडौं, २६ असार स्वामी कमलनयनाचार्य बाबाले भक्तपुर, छालिङ मा वनक्षेत्र कब्जा गरी आलिसान आश्रम बनाए । रूखजति मासेर सुविधा सम्पन्न निवास, प्रवचन कक्ष र मन्दिर बनाइएको थाहा पाउँदा पनि जिल्ला वन कार्यालयले वास्ता गरेन ।

सुरुमा श्रीवन सामुदायिक वनका उपभोक्तालाई प्रलोभनमा पारी स्वामी त्यहाँ प्रवेश गरेका थिए । विभिन्न शक्ति केन्द्रको सहयोगमा उनले रातारात आलिसान आश्रम खडा गरे । आश्रममा प्रधानमन्त्री भइसकेका नेता, संवैधानिक अंगका पदाधिकारीहरू, प्रहरीका हाकिमदेखि व्यापारीसम्मको ओइरो लाग्न थालेपछि तालुकदार वन कार्यालय बोल्न सकेन ।

बरु आश्रमले आगेटेको वनक्षेत्र उक्त कार्यालयले पछि तिनै बाबालाई नै सुम्पियो । कार्यालयले २०६९ कात्तिक २७ गते तत्कालीन छालिङ– (अहिले चाँगुनारायण नगरपालिका) स्थित ५।४४ हेक्टर वन पञ्च महालक्ष्मी अखण्डज्योति धार्मिक वनका नाममा हस्तान्तरण गरेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।