0 COMMENTS

सर्लाही१८कार्तीक०७५/ रामनगरमा भएकाे गोलीकाण्डलार्इ लिएर नेपाली कांग्रेस, सर्लाहीले जिल्ला बन्द गराएकाे छ । घटनाका दोषीलाई कारबाहीको माग राख्दै काँग्रेस सर्लाहीले बन्द अाह्वान गरेकाे हाे । उसले पीडितलाई क्षतिपूर्ति दिन र मृतकलार्इ सहिद घोषणा गर्न समेत माघ राखेकाे छ ।

कांग्रेसले शनिबार साँझ पनि विराेध प्रदर्शन गरेकाे थियाे । शनिबार सदरमुकाम मलंगवासहित हरिवन, बागमती, लालबन्दीलगायतका स्थानमा मसाल जुलुस निकालिएको थियाे । अाज (अाइतबार) बिहानैदेखि जिल्ला ठप्प पारिएको कांग्रेसका जिल्ला सह सचिव डोरप्रसाद भट्टराईले जानकारी दिएका छन् । बिहान ११ बजेदेखि १ घण्टासम्म पूर्वपश्चिम राजमार्ग चक्काजाम समेत गरिएको बताए ।

गत मगंलबार रामनगर गोलीकाण्डमा परी ५५ वर्षीय रामविलास महतोको घट्नास्थलमै मृत्यु भएको थियो । महताे नेपाली कांग्रेसका कार्यकर्ता रहेकाे बताइएकाे छ । घटनामा ७ जना घाइते भएका थिए । कांग्रेसले घाइतेहरु सबैकाे नि:शुल्क उपचार गराउन समेत माग गरेकाे छ । साे घटनामा १५ भन्दा बढी घरमा तोडफोड समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।