0 COMMENTS

काठमाडौं१८, कात्तिक०७५/वाम बुद्धिजीवी एवं मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचाररत् रहँदाकै अवस्थामा आइतबार निधन भएको छ ।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर संक्रमणबाट मृत्यु भएको उनको परिवारका एक सदस्यले राससलाई जानकारी दिए ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।उनी पत्रकार तथा साहित्यकार पनि थिए ।स्व. तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।