0 COMMENTS

मिलन चाम्लिङ,धरान २३भदाै०७५/प्रेम कथामा आधारित ‘इन्टु मिन्टु लण्डनमा’ नामक नेपाली चलचित्र असोज ५ देखि सार्वजनिक हुने भएको छ । चलचित्र प्रचारप्रसार गर्नका लागि धरान आइपुगेको टोलीले पत्रकारहरुसँग कुरा गर्दै चलचित्र असोजको ५ गतेबाट सार्वजनिक हुने जानकारी दिएका छन । उत्कृष्ट कथावस्तु भएका कारण बालकदेखि वृद्धसम्मले चलचित्र  ‘इन्टु मिन्टु लण्डनमा’  मनपराउने बताउँदै चलचित्रकी निर्देशक रेनशा वान्तवाले दर्शकहरुले इन्टु मिन्टुलाई माया गर्ने बताइन् ।

चलचित्रकी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक विषयवस्तु तर यथार्थपरक कथा भएका कारण दर्शकहरुले चलचित्रलाई माया गर्ने विश्वास व्यक्त गरिन् । आगामी असोज ५ गतेदेखि नेपालभरी प्रर्दशन हुने उक्त चित्रचित्र २ घण्टा १० मिनेटको रहेको छ । चलचित्रको छायाङ्कन ८० प्रतिशत बेलायतको लण्डन र बाँकी काठमाडौमा गरिएको पत्रकार सम्मेलनमा वताइयो ।आई केयर फिल्सको व्यानरमा निर्माण गरिएको उक्त चलचत्रिको निर्मातहरुमा प्रज्वलशम्शेर जवरा र प्रभु शम्शेर जवरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।