0 COMMENTS

काठमाण्डाै२३भदाै०७५/ तीज नजिकिँदै गर्दा बजारमा सुनको मूल्य बढ्दै गएको छ। भदौ १ गते प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन अहिले ५७ हजार ८ सय रुपैयाँ पुगेको छ।

महासंघले शुक्रबारका लागि फाइन गुणस्तरको सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय तोकेको छ। २२ दिनकै अवधिमा प्रतितोला १२ सय रुपैयाँले सुन महँगो भएको हो।

जवकि चाँदीको मूल्य भने ओर्लिएको छ। सुन तथा चाँदीको मूल्य सम्वन्ध प्रायः समानान्तर हुने गरे पनि यतिबेला भने उल्टो देखिएको हो। भदौ १ गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७१० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमै सामान्य सुनको मूल्य सामान्य बढेकाले त्यहीअनुरुप नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।