0 COMMENTS

एजेन्सी । भनिन्छ महिलालाई गहनामा विषेश लगाव हुन्छ। त्यसैले महिलाले हिरा, होस् या सुन, चाँदीका गहना, लगाउँदै आएका छन्। तर हिन्दु संस्कारमा विवाहित महिलाले गहना लगाउनु पर्ने परम्परा समेत छ।

विवाह होस् वा अन्य कुनै शुभ कार्य, विवाहित महिला गरगहना र सृगारमा सजिएको शुभ मानिने गरिन्छ।

धार्मीक परम्परा अनुसार महिलाले गहना लगाउनु सृगारसँग जोडिएको छ । त्यति मात्र हैन गहना लगाउनु वैज्ञानिक कारण पनि छ। रत्न वा गहला लगाउदा त्यसको प्रभाव शरीरमा पर्ने र त्यसबाट कयौँ स्वास्थ्य लाभ समेत हुने बुझिन्छ। गहना र रत्नका कारण शरीरमा पर्ने प्रभावका बारेमा कयौँ अनुसन्धान समेत भएका छन्। अनुसन्धानबाट गहनाले छालामा गर्ने स्पर्शले शरीरमा राम्रो प्रभाव पर्छ।

चाँदीका गहना
चाँदीका गहना लगाउँदा चाँदीको गुण रगतसम्म पुग्ने गर्दछ। जसबाट उच्च रक्तचापको समस्या कम हुने गर्दछ। त्यस्तै हाम्रो हड्डी समेत मजबुत हुने गर्दछ र शरीरका दुखाई कम हुँदै जाने गर्दछन्।

सुनका गहना
सुनको गहना लगाउदा जवान बनाउन मद्दत पुग्दछ। यसले बढ्दै गएको उमेरको असर कम गर्ने अनुसन्धानले देखाएको छ। सुनमा एन्टी इंफ्लामेन्ट्री गुण हुने गर्दछ। जसले शरीरको रुप रंगमा निखार ल्याउन सहयोग पुर्याउछ।

तामाको गहना
तामामा यस्तो प्रकारण शक्ति हुन्छ जसको गहना लगाउदा जार्ने दुख्ने समस्या कम हुने गर्दछ।

मोतीको गहना
मोतीको गहना लगाउदा उच्च रक्तचापको समस्या कम हुन्छ। मोतीले मानिसलाई भावनात्मक सन्तुलन राख्न सहयोग पुर्यादछ र शान्त राख्न मद्दत गर्दछ। जसका कारण उच्च रक्तचापको समस्याबाट टाढा रहन सहयोग पुग्दछ।-

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।