0 COMMENTS

काठमाडौं २४साउन०७५/ विशेष अदालतद्वारा गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । गुण्डा नाइके लामालाई पेस्तोलसहित काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पक्राउ गरेको थियो । अहिले लामा केन्द्रीय कारागारमा छन् ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो । बिहीबार अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको हो । लामाको मुद्दा न्यायधिश द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र अदालतका अध्यक्ष बाबुराम रेग्मीको इजलासले फैसला गरेको हो ।

लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको अदालतका रजिष्टार नारायण पोखरेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।