0 COMMENTS

पत्रकारिता समाजकाे ऐना हाे । समाजमा घटेका सकारात्मक वा नकारात्मक घटनाहरुकाे वारेमा अाम नागरिकहरु लाई समाचारकाे माध्यम वाट खवर पुग्छ । सकारात्मक कामलाई प्राेत्साहन दिने नकारात्मक काम लाई हताेत्साहित बनाउने र सत्य तथ्यमा अाधारित रहेर निश्पक्ष ,स्वतन्त्र ,अार्थिक प्रलोभन वाट मुक्त निस्वार्थ ढंगबाट कलम चलाउनु पत्रकारिताकाे धर्म हाे ।

कुनै राजनीतिक दल ,कुनै जाति विशेष ,कुनै धर्म विशेष , कुनै क्षेत्र विशेष ,कुनै बर्ग विशेष भन्दा धेरै माथि हुन्छ पत्रकारिता । पत्रकारिता पेशा मात्रै एउटा यस्तो पेसा हाे जसमा सेवाको भावना हुन्छ निष्ठा ,मर्यादा ,सम्मान ,समाजमा सकारात्मक परिवर्तन गर्ने दायित्व ,देशको सुरक्षाकाे दायित्व ,गरिब निमुखा असहाय षाेषित पिडित नागरिकहरुकाे अावाज बनेर बाेल्नुपर्ने दायित्व हुन्छ । देशकाे बिकास ,शान्ति ,सुसासनमा पत्रकारिताकाे भुमिका महत्त्वपूर्ण हुन्छ । जब कलमले सत्य छाेडेर असत्यकाे पक्षमा अावाज उठाउछ तब मुलुकमा समस्या देखा पर्छ। पत्रकारिताकाे एउटै उद्देश्य ,एउटै काम , एउटै मुल्य मान्यता सिद्धान्त हाे भने फेरि किन पत्रकारहरु बिभाजन ? राजनीतिक पार्टी पिच्छेका पत्रकार संगठन के का लागि ? राजनीतिक दलहरु भन्दा पत्रकार धेरै माथि छन् ।

दलिय अाधारमा,जातीय अाधारमा,क्षेत्रका अाधारमा,धार्मिक अाधारमा लगायत अन्य कुनै पनि अाधारमा पत्रकार बिभाजन हुनु दुर्भाग्यपूर्ण कुरा हाे जसले स्वतन्त्र पत्रकारितामा असर गर्दछ । पत्रकारहरु लाई अाफु अनुकूल प्रयोग गरेर अाफ्नाे निहित स्वार्थ पूरा गर्नेहरु धेरै छन् यहाँ । अा- अाफ्ना स्वार्थमा चलेका कलमहरु निस्वार्थ बन्न किन सक्दैनन् ? अाज पत्रकारिता पनि अालाेचना बाट मुक्त छैन । एकातिर स्वतन्त्र ढंगले कलम चलाउन खाेज्ने पत्रकारहरु असुरक्षित हुदै गएका छन् राज्यले शान्ति सुरक्षा दिन सक्दैन जब सुरक्षा हुदैन तब निश्पक्ष समाचारकाे अासा गर्न सकिदैन । काेहि कलमको दुरुपयोग गरेर अाफ्नाे स्वार्थमा लाग्ने र काेहि असुरक्षित हुने अनि कसरी स्वतन्त्र र निश्पक्ष पत्रकारिता हुन्छ ? पार्टीका जनबर्गिय संगठनका रुपमा कलम चलाउने पत्रकारिताकाे अन्त्य हुनुपर्छ । राज्यले अन्य सरकारि कर्मचारी सरह सेवा सुभिदाकाे ब्यावस्था गर्नुपर्छ ।

निस्वार्थ भावनाले देश र समाजकाे सेवामा लागेका पत्रकार माथि राज्यको उपेक्षा ठिक हुदैन । स्वतन्त्र ढंगले पत्रकारिता गर्न पत्रकारहरु जीवन निर्वाहका सबालहरु जाेडिएका हुन्छन् । अाफ्ना परिवारकाे पालनपोषण ,बालबालिकाहरुकाे शिक्षा स्वास्थ्य र बृद्ध अवस्थामा राज्यबाट पालनपोषण अपेक्षा हुन्छ । जिवनभर राज्यको सेवामा खट्नेहरु राज्यबाट पनि सम्मानित हुनुपर्छ । पत्रकारिता पेसा अत्यन्तै मर्यादित र सम्मानित पेसा हाे यसकाे सम्मान र मर्यादामा अांच अाउन दिन हुदैन ।
बासुदेब सेढाई बेसिशहर – ११ रामचाेक ( लमजुङ )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।