0 COMMENTS

मिलन चाम्लिङ,३१बैशाख०७५/  पुर्वाञ्चलको सुन्दर नगरि धरानबाट श्रमजीवी पत्रकार महिलाद्दारा सम्पादित तथा प्रकाशित राष्ट्रिय साप्ताहिक समाचार पत्रीका दिब्य रोशनीको १४ बार्षिक उत्सब दिब्य रोशनी पत्रीकाको कार्यलय धरान ४ मा मनाएको छ।बार्षिक उत्सबमा बोल्दै प्रकाशक/सम्पादक मनिता चाम्लिङले महिलाले पनि अवशर पायो भने केहि गर्न सक्छ भनेर देखाउनको लागि भनेर आज भन्दा चौध बर्ष अगि श्रमजीवी महिला पत्रकारले प्रकाशन गरेको बताएका छन।

पत्रकारले देश र जनताको हितको लागि जहिले पनि भुमिका निभाउन सक्नुपर्ने बताएका छन।प्रमुख अतिथी धरान उपमहानगरपालिका उपमेयर मन्जु भण्डारीले पत्रकार मैन बत्ती जस्तो आफू जलेर अरुलाई उज्यालो दिन लागि पर्न र पत्रकार कसैसँग नडराई जहिले पनि कमिकमजोरी औल्याइदिने काम गर्नु पर्ने बताएका छन।नेपाली पत्रकारितामा आजभोलि भाषामा समस्या देखिएको र भाषा स्तरोउन्नति गर्न तिर लाग्नु पर्ने र पत्रकारिताको बिश्वसनियता माथी आँच आएको वरिष्ठ पत्रकार हर्ष सुब्बाले बताएका छन।

बार्षिक उत्सबको अवसरमा दिब्य रोशनी साप्ताहिक पत्रीकाको प्रकाशक/सम्पादक मनिता चाम्लिङको दिवंगत बुवा स्व.प्रभुराम राईको नामबाट खुलेको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान”द्दारा पुर्बमा रहेर पत्रकारिता गर्दै आएको पत्रकार फास्ट टाइम्स दैनिकीको सम्पादक केशव भट्टराई र धरानमा क्रियासिल महिला पत्रकार रिता मोक्तानलाई सम्मानपत्र र नगद पाँच हजार एक सयको साथमा सम्मानित गरेको छ।

त्यस्तै दिब्य रोशनी साप्ताहिक पत्रीकाको प्रकाशक/सम्पादक मनिता चाम्लिङको दिवंगत कान्छा दाजु स्व.बाजुन राईको नामबाट स्थापना भएको सृजनशिल पत्रकारिता सम्मान द्दारा धरानका जुझारु पत्रकार गम बहादुर लमजेललाई सम्मानपत्र र नगद पाँच हजार एक सयको साथमा सम्मानित गरेका छन।सम्मान ग्रहण गर्दै फास्ट टाइम्स राष्ट्रिय दैनिकको सम्पादक केशव घिमिरे पत्रकारिता त्याग तपस्या र बलिदानको उपज रहेको बताएका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।