0 COMMENTS
फाेटाेःकल्पना बाेहाेरा

कल्पना बोहरा, अछाम३ पुष/अछाममा पछिल्लो समयमा केही कृषि तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन । कम लगानिमा राम्रो आम्दानि गर्न सकिने भएपछि केही कृषकको रोजाई तरकारी खेति हुन थालेको छ । तरकारी खेतीबाट राम्रो आम्दानि समेत गर्दै आएका छन् ।

फाेटाेःकल्पना बाेहाेरा

बिगत ३० वर्षदेखि तरकारी व्यवसाय गर्दै आएका सिद्देश्वरका धर्म सिंह कुँवर तरकारी व्यवसायबाट राम्रो आम्दानि गर्दै आउनुभएको छ । जीविकोपार्जनमा समस्या भएपछि तरकारी व्यवसाय सुरु गर्नुभएका कुँवरलाई अहिले तरकारी व्यवसायले आत्मनिर्भर बनाएको छ । तरकारी व्यवसायबाट कुँवरले सात जनाको परिवारलाई लालनपालन गर्दै आउनुभएको छ ।

त्यस्तै छोराछोरीहरुको शिक्षादिक्षाको लागि समेत तरकारी व्यवसायबाट अहिले सहज भएको कुँवरको भनाई रहेको छ । तरकारी व्यवसायबाट मासिक रुपमा ३० देखि ४० हजारसम्म आम्दानि हुने गरेको कुँवरको भनाई छ ।

कुँवर मात्रै पछिल्लो समयमा जिल्लाका अन्य किसानहरु समेत तरकारी व्यवसायतर्फ आकर्षित हुँदै गएका छन । ३० वर्षदेखि वयलपाटमा चिया पसलको व्यापार गर्दै आएका एकेन्द्र वोहारले अहिले चियापसलसँगै तरकारी व्यवसाय सुरु गरेका छन् । चिया पसलसँगै अहिले तरकारी व्यवसायबाट राम्रो हुने गरेको वोहराको भनाई रहेको छ । दैनिक रुपमा सिजनमा पाँच सयसम्म आम्दानी हुने गरेको उहाँको भनाई रहेको छ ।

वोहराले तरकारी व्यवसायबाट आएको आम्दानिले छोरालाई काठमान्डौंमा समेत पठाउनुभएको छ । वोहराले थालको काममा उनका परिवारले साथ पनि दिएका छन । काम साना ठूलो भन्ने हुँदैन मेहनत गर्न सके राम्रो आम्दानि गर्न सकिने उहाँको भनाई रहेको छ ।

काम सानो ठुलो भन्ने हुदैन । मेहनत गर्न सके हरेक कामको प्रतिफल राम्रो हुन्छ । खाडि मुलुकमा पसिना चुहार आय आर्जन गर्नुभन्दा स्वदेशमा नै काम गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।