0 COMMENTS

काठमाडौं ०४पुस०७४/ प्रहरी फरार सूचीमा रहेका कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित भएका रेशम चौधरीले सोझै सपथ ग्रहणका लागि काठमाडौं आउने बताएका छन्। उनले भने म फरार छैन, सोझै सपथमा लिन जान्छु ।

कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यको चुनाव जितेका रेशम चौधरीले हालसम्म निर्वाचित भएको प्रमाणपत्र पाउन सकेका छैनन् । उनी प्रहरीको सूचीमा फरार रहेकाले जिल्ला निर्वाचन कार्यालयले उनको प्रमाणपत्र रोकेको छ ।। त्यसविरुद्ध उनले प्रमाणपत्र पाउनुपर्ने मागसहित रिट सर्वोच्च अदालतले दरपिठ गरेको छ। चौधरीले प्रमाणपत्र पाउनका लागि विभिन्न दवाव दिए पनि उनको दवावले काम नगरेको खुलेको छ ।

चौधरीको समर्थनमा मधेशी–थारु अगुवा तथा बुद्धिजीवीहरुले समाजिक सञ्जालमा अभियान चलाएका छन् तर त्यसले कुनै प्रभाव पार्न नसकेको हो। चौधरी राष्ट्रिय जनता पार्टी नेपालका सचिवसमेत हुन्। उनकै दल पनि उनको विषयमा मौन छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।