0 COMMENTS

काठमाडौं, ३२ साउन । नुवाकोटको उर्लनी गाविस घर भएका एमाओवादी गाउँ कमिटी सचिव राजेश्वर मोक्तानको राजधानीमा हत्या भएको छ ।

isतारकेश्वर नगरपालिकाको काभ्रेस्थली भेडीखर्कस्थित खेतमा गाडिएको अवस्थामा शनिबार उनको शव भेटिएको हो । गत २० साउनदेखि हराएका मोक्तानको शब बस्तीबाट करिब तीन सय मिटरको दुरीमा रहेको खेतको कुलोमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
.
प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको खुलेको र थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका डिएसपी दिपक रेग्मीले बताए ।

साउन २० गते काठमाडौं आएका बेला सुन्धाराबाट बालाजुतर्फ जानेभनी हिँडेका मोक्तान त्यसयता बेपत्ता थिए । गाडिएको ठाउँमा कुकुरसहितका जनावरले खोस्रेर खुट्टा निकालेपछि स्थानीयले थाहा पाएका थिए ।

जुझारु कार्यकर्ताको हत्या भएको भन्दै निष्पक्ष छानविन गर्न एमाओवादी नेता हितबहादुर मोक्तानले आग्रह गरेका छन् । प्रहरीले केही व्यक्ति

लाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ । तर, मृतकका परिवारले भने कांग्रेस कार्यकर्ताले हत्या गरेको आरोप लगाएका छन् । मृतक मोक्तान गाउँमै सहकारी पसलसमेत चलाउँदै आएका थिए । नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।