0 COMMENTS

आउनु है ठुली चासोकैमा च्याब्रुङ् नाचौला ।
 आउनु है ठुले साकेलामा सिली नाचौला ।

15591931_1141428829305538_1789177913_nयिनै चर्चित गीत अब रेडीयो अडीयोमामा मात्र सीमित रहेन । झन्डै दुई दशक लामो संगीतिक यात्रामा अनवरत लागी रहेका लिम्बु / पुर्वेली गीतका धरोहर गायक राजु आङ्देम्बे र गायिका शिला राईको मिठो स्वरमा सजिएको यो गीतको भिडीयो छायाङ्कन बर्खर सकीएकोछ ।

चर्चित गायक खगेन्द्र याक्सोको ब्यवस्थापन दिनेश माङ्युङको निर्देशन तथा भुपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन रहेको यस म्युजिक भिडीयोमा मोडल नुमाफुङ मिना मादेन र आयुस सुब्बाको अभिनय रहेकोछ ।

किराँतीहरुको महान चाड चासोक तङ्नामको अवसर पारेर धरानमा छायाङ्कन गरीएको यस भिडीयो केही दिनमै सार्वजनिक हुने गायक राजु आङ्देम्बले जनकारी दिनु भयो । गायक राजु यती खेर संगीतिक कार्यक्रमको लागी ईजरायलमा हुनुहुन्छ ।15591761_1141430542638700_1016324688_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।