0 COMMENTS

 chaakapanjaपुस २, २०७३ काठमाडौं : दीपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जाले शनिबार १०० दिन मनाउँदैछ। भदौ २४ गते रिलिज भएको छक्कापञ्जा लामो समयपछि १०० दिन मनाउने नेपाली फिल्म भएको छ। प्रदर्शनको १०० दिन पुगेको खुसीयालीमा छक्कापञ्जा फिल्म युनिट उपत्यकाका हलहरुमा दर्शकसँग खुसी साटिरहेको निर्माता दीपकराज गिरीले बताए। उनले बेलुकी कमलपोखरीस्थित सिटी सेन्टरमा दर्शकहरुसँग ‘धन्यवाद पार्टी’ आयोजना गरेको पनि बताए।

छक्कापञ्जा काठमाडौंका ६ हलमा चलिरहेको छ भने उपत्यका बाहिर १३ वटा हलमा लाग्ने दीपकले बताए। फिल्म रिलिजको १०० दिनको सुरुवात भने पशुपतिनाथको दर्शनबाट गरेका छन्।

फिल्ममा काम गरेका काठमाडौंमा उपलब्ध सबै कलाकार उपत्यकाका हलहरुमा जाने कार्यक्रम रहेको दीपकले  बताए। १७ करोड नाघ्यो कलेक्सन फिल्म रिलिजको १०० दिन मनाइरहँदा छक्कापञ्जाको व्यापार १७ करोड नाघेको छ। फिल्म वितरक गोपाल कायस्थका अनुसार छक्का पञ्जाले १७ करोडभन्दा माथिको व्यापार गरिसकेको छ। अझै राम्रो व्यापार गरिरहेको उनले बताए। गोपालले भने, ”छक्का पञ्जा’ व्यापारिक हिसाबले सफल फिल्म हो। अहिलेसम्मको डाटा हेर्दा १७ करोड भन्दा माथिको व्यापार भइसकेको छ।’ फिल्मले दर्शकको मन जितेकोले नै फिल्मले १०० दिन मनाएको र व्यापारिक सफलता पाएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।