0 COMMENTS
lokes
लोकेश ढकाल

  १. भूमिका
व्यक्ति, परिवार र आफन्तको स्वार्थ भन्दा माथि उठेर आर्थिक दृष्टिले पछाडि परेका विपन्न वर्ग अथवा व्यक्तिको शिक्षा, स्वास्थ्य लगायतको आधारभूत आबश्यकताका लागि गरिने काम नै सामाजिक सेवा हो । शारीरिक रूपमा अशक्त, रोगी, अपाङ्ग, वृद्ध, बालबालिकाको कल्याणका लागि गरिने कार्य नै समाज सेवा हो । ऐतिहासिक कालमा पार्टी–पौवा, मठ–मन्दिर, चौतारो, सार्वजनिक धारा, कुवा आदि निर्माण गर्नु र गरिव, असहाय, विरामी, वृद्ध आदिको मद्दत गर्नु, सेवा गर्नु नै समाज सेवा मानिन्थ्यो । तर वर्तमानमा समाज सेवाको परिभाषा र कार्य क्षेत्र परिवर्तन भएको छ, अर्थ र क्षेत्र विस्तार भएको छ ।

नेपालका सन्दर्भमा कुरा गर्ने हो भने विगतमा समाज सेवा आजको जस्तो व्यवस्थित र सङ्गठित रूपमा थिएन । तथापि विभिन्न उद्देश्यबाट सञ्चालित गुठीहरुले समाज सेवाको कार्यलाई अगाडि बढाएका थिए । आधुनिक सभ्यताको विकास र भौतिक प्रगतिसँगसँगै समाज सेवाको अर्थ र कार्य क्षेत्रमा पनि व्यापक रूपमा विस्तार भएको छ । व्यक्तिगत र संस्थागत रूपबाट समाज सेवाले निकै विस्तार पाएको छ । संस्थागत रूपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सामाजिक सङ्घ संस्थाहरु समाज सेवामा क्रियाशील छन् । आज समाज हिजोको जस्तो सीमित छैन । आज समाज सेवाको कार्य क्षेत्र, शिक्षा, स्वास्थ्य, आवास, भोजन सामाजिक एवम् भौतिक विकास, मानव अधिकार, पर्यावरण लगायतका व्यापक क्षेत्र समाज सेवाले ओगटेको छ । वास्तवमा आम जनता, समाज, राष्ट्र र विश्वको कल्याणका लागि निस्वार्थ, समर्पण र इमान्दारिपूर्वक गरिने सेवा वा कार्य नै समाज सेवा हो ।

समाज सेवाको भावमा कुनै व्यक्तिगत स्वार्थ, आग्रह वा तृष्णा रहँदैन । तर अहिले हामी कहाँ समाज सेवा भन्ने विषय समाज सेवा भन्दामा शौख, फेसन वा प्रचारको कुरा हुँदै गएको छ । जहाँ कुनै त्याग, समर्पण वा निष्ठा हुँदैन । समाज सेवालाई सामाजिक प्रतिष्ठा आर्जन गर्ने साधनका रूपमा प्रयोग भैरहेको छ । व्यापारी–उद्योगपतिहरू पैसा खर्च गरेकै भरमा महान् वा वरिष्ठ समाजसेवीको पगरी गुत्दछन् । सेना, प्रहरी र कर्मचारी लगायत प्रशासनको उच्च तहमा बस्ने अधिकारीहरु प्रशासनिक वा शासकीय शक्तिको दुरूपयोग गर्दै आपूmलाई महान समाजसेवी कहलिन लालायित हुन्छन् । विगत पञ्चायत कालमा राजा, रानी र राजपरिवारका सदस्यहरू आफूलाई महान् समाजसेवी भन्न रूचाउँथे, त्यसका लागि विभिन्न उपाय अवलम्बन गर्दथे । अहिले पनि राजनीतिक खानदानी परिवार र शाक्तिशाली राजनीतिक व्यक्तिहरू सत्ता र शक्तिको आडमा समाज सेवीको मसिहा कहलिएका छन् । यसरी एकातर्फ समाज सेवा लोकप्रिय बन्ने एउटा टुलको रूपमा प्रयोग भैरहेको छ भने पछिल्लो समय समाज सेवा जीविकोपार्जन र आम्दानीको स्रोतको रूपमा पनि राम्रैसंग दुरूपयोग भैरहेको छ । नेपालमा अहिले च्याउ जस्तै उम्रिएका सामाजिक संस्थाहरू समाज सेवाका नाममा गरिखाने राम्रै थलो भएको तीतो यथार्थ हाम्रा सामु छर्लङ्ग नै छ । यहाँ यसो भनिरहँदा हामी कहाँ त्याग, समर्पण, सेवाभाव र इमान्दारिपूर्णक चलेका सामाजिक संस्थाहरू छदैछैन भन्न खोजिएको भने होइन । तर त्यस्ता संस्थाको सङ्ख्या भने ज्यादै कम छन् । समाज सेवाका नाममा विकृति, विसङ्गति र भद्दापन अझ बढ्दो छ ।

समाज सेवाको लागि राजनीति सबै भन्दा उपयुक्त फोरम हो । तर राजनीतिमा समाजसेवाको भाव हराएको छ । राजनीति व्यापार वा पेसा भएको छ । त्यसैले राजनीति भ्रष्ट भएको छ, बिकृति र बिसङ्गति बढेको छ । नीतिहरुको मूल नीति राजनीति देश र जनताको हितमा गरिने कार्य हो । जबसम्म राजनीतिमा सेवाभाव, त्याग समर्पण र इमान्दारी, सदाचारी र सादगी हुँदैन तवसम्म राजनीतिले गति लिन सक्दैन । यी सबै कुराको अभावमा नेपाली राजनीतिले अहिले गति छाडेको छ । त्यसैले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतीकरण भैरहेको छ । राजनीतिमा भ्रष्टाचार, व्यभिचार र अपराध बढिरहेको छ ।

समाज सेवालाई वास्तवमा नै इमान्दार, मर्यादित, अनुशासित, पारदर्शी एवम् स्वच्छ बनाउन जरूरी छ । समाज सेवा र यस क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाहरुलाई नियमित गर्नका लागि सरकारी स्तरबाट कानुनको नियमनकारी निकायको व्यवस्था त छ तर त्यो प्रभावकारी हुन नसक्दा वास्तविक सामाजिक
सेवा आन्दोलनले गति लिन सकेको छैन, समाज सेवाको नामबाट गरिखानेहरूलाई भने अवसर राम्रै छ । कानुन र नियमनकारी संस्थालाई प्रभावकारी बनाएर मात्र पुग्दैन जबसम्म आम नागरिकलाई समाज सेवा प्रति आकर्षित गर्न सकिँदैन, आकर्षण गर्ने मात्र पनि होइन नैतिकवान, सदाचारी, स्वच्छ चरित्र भएको इमान्दार समाज सेवीहरू समाज सेवाप्रति आर्कषक हुन पनि त्यति कै जरूरी हुन्छ । कुनै पनि उद्देश्य बोकेको सामाजिक संस्थाले आफ्नो उद्देश्य प्राप्ति गर्नका लागि त्यसमा संलग्न हुने कार्यकर्ताहरूलाई
इमान्दार, सदाचारी बनाउँदै सामाज सुधार र जागरणलाई अगाडि बढाउने, समाजमा नराम्रोसँग जकडिएर रहेको भ्रष्टाचार, दुराचार र व्यभिचारका विरूद्ध आन्दोलन गर्ने, आधुनिक युवाहरूमा देखिएको असामाजिक प्रवृति, हिंसा, गुण्डागर्दी, लागुऔषध दुव्र्यसनीबाट बचाउँदै अहिंसा, मानव अधिकार र शान्ति र लोकतान्त्रिक विचार र समाज सेवाको भाव र मर्मलाई राम्रोसंग बुझेका समाज सेवीहरूको पङ्ति तयार गर्न सक्यौं भने मात्र वास्तविक समाज सेवा आन्दोलन अगाडि बढ्नेछ र समाज र सिङ्गो राष्ट्रको कल्याण हुनेछ ।

२. समाज सेवीको चरित्र र आचरण
समाज सेवाको उद्देश्यले स्थापित कुनै पनि संस्थाको नीति, उद्देश्य र कार्यक्रम अत्यन्त सबल छ, संस्था पनि सुदृढ छ, स्रोत र साधन पनि पर्याप्त छ तर त्यस सामाजिक संस्थाको नेतृत्व र कार्यकर्ता पङ्ति को चरित्र स्वच्छ छैन भने त्यो संस्थाले समाज सेवा गर्न सक्दैन, संस्था लोकप्रिय बन्न सक्दैन । समाज सेवाको आन्दोलन राम्रोसँग अगाडि बढ्नका लागि संस्था पारदर्शी, स्वच्छ हुनु पर्छ भने सामाजिक कार्यकर्ताहरूको आचरण र व्यवहार स्वच्छ, सदाचारी, सादगी, अनुशासित र इमान्दार हुनु जरुरी छ ।

समाज सेवीका रूपमा काम गर्ने सामाजिक कार्यकर्ताहरूलाई नैतिक एवम् सदाचार बनाउनको लागि सर्वप्रथम सदाचार र दुराचार के हो भन्ने विषयमा चर्चा गर्न जरुरी हुन्छ । आचारको विभिन्न अङ्ग जस्तै सदाचार वा दुराचारको मानव जीवनसङ्गको अन्तर सम्बन्धको विश्लेषण गर्नु भन्दा पहिले यो मूल प्रश्नको उत्तर खोज्न स्वाभाविक देखिन्छ । कुनै व्यक्तिले आफ्नाे बारेमा चिन्तन गरेको पाइदैन । ‘म को हु‘ ? ‘म कहॉबाट आए‘ ? ‘मेरो गन्तव्य के हो ? ‘मेरो उद्धेश्य के हो ? ‘मेरो कर्तव्य के हो ? ‘म को प्रति उत्तरदायी छु ?’ ईत्यादि प्रश्नहरुको उत्तर खोज्न जरूरी छ । खान–पान, सुख–सयल, भोग विलास र अन्य भौतिक उपलब्धिहरु प्राप्त गर्न भाग–दौडमा अनेकौं उचित वा अनुचित हथकण्डा अपनाएर हामी कुदिरहेका हुन्छौँ । मानिसहरू आफ्नो प्रतिष्ठा, इज्जत, सामाजिक मूल्य–मान्यता र कानूनहरूको कुनै पर्वाह नगरी फगत सम्पतिकै लागि दौडिरहेका हुन्छौँ । हाम्रा सबै प्रयत्नहरु जसरी पनि धन–सम्पति र सामाजिक वैभव प्राप्त गर्न मरेर लागि परेका हुन्छौँ ।

मनुष्य प्रकृतिको सर्वश्रेष्ठ प्राणी हो भन्ने कुरामा दुई मत छैन । आस्तिकहरु हामी संसारमा परमेश्वरको अनुग्रहबाट सञ्चित कर्मको कारणले गर्दा प्रारब्द भोग गर्न तथा परमार्थ सुधारकालागि एक अवसर पाएर आएका छौं भन्ने मान्यता राख्दछन् । हाम्रो शरीरभित्र रहेको प्राण, मन र बुद्धि विवेक परमात्माको अंश जस्तै हो, हाम्रो कर्तव्य प्रभुकै शरणागति हो भन्ने विश्वास राख्दछन् भने नास्तिकहरु मानव जीवन प्रकृतिकै अनुपम उपहार मान्दछन् । जेसुकै मान्यतामा विश्वास राखे तापनि चेतनशील मानव जाति खान–पिउन, सुत्न, बाल–बच्चा जन्माउन र एक दिन मरेर जान मात्र पैदा भएको होइन । मानव भएर जन्मिएपछि परिवार, समाज र राष्ट्र र समग्र पृथ्वीका लागि मानवको कर्तव्य र दायित्व छ । त्यसको लागि कर्तव्य र दायित्व निर्वाह गर्नै पर्दछ । त्यो निर्वाह गर्ने क्रममा सदाचारी हुनु जरुरी हुन्छ ।

३. सम्पति कति र कसरी ?
धन सम्पति नभई कुनै पनि कार्य सम्पादन हुन सक्दैन, राजनीति गर्नका लागि पनि धन नभै हुँदैन, त्यो कुरा सही हो । भोको पेटले त समाज सेवा पनि त गर्न सकिन्न । धन सम्पति मानिसका लागि अनिवार्य तत्व हो । मानिसलाई भ्रष्ट, व्यभिचारी र दुराचारी बनाउने मुख्य तत्व पनि धन–सम्पति नै हो । प्रश्न उठ्छ, मानिसलाई कति धन चाहिन्छ ?, धन जति भए पनि पुग्दैन, यसप्रतिको तृष्णाको कुनै सीमा हु‘दैन । त्यस कारण यो तृष्णालाई हामीले विवेकपूर्वक नियन्त्रणमा राख्नुपर्छ । धनलाई आफ्नो स्वामी हैन बरु सेवक बनाएर राख्नुपर्छ । आफूले आर्जन गरेको सबै धनलाई मानवीय धरोहरको रुपमा लिनुपर्छ र त्यो धनको त्यागपूर्वक भोग गर्नुपर्छ साथै अरुको हक लाग्ने धन कहिले पनि अपहरण गर्नुहु‘दैन । इमान्दारीबाट कमाएको धनले कोही पनि छोटो अवधिमा एक्कासी धनी हु‘दैन । अल्प समयमा धेरै धनी हुने कोही पनि प्रायः निर्दोष हुन सक्तैन । ईमान्दारीपूर्वक परिश्रम गरेर कमाएको धन मात्र सुख दिने र स्थायी हुन्छ । बेइमानी र भ्रष्टाचारबाट कमाएको धन छिटो नास हुन्छ र केही समय रह‘दा पनि यस्तो धनले दुःख र क्लेष मात्र दिइरहन्छ । बेईमानीबाट धन कमाउन डर र त्रासको वातावरणमा जिउनुपर्छ र खतरनाक जोखिमहरु पनि उठाउनुपर्छ । यसरी कमाएको धन जोगाएर राख्न पनि अत्यन्त मानसिक तनाव भैरहन्छ । यस्तो धन खर्च गर्न पनि डर लाग्छ कि कसैले कालो करतुतको सुइ‘ंको नपाऊन् भनेर साथै चोरियो र मासियो भने त निश्चय नै दुःख र पीडाको कुनै सीमा हुदैन । त्यस्तो धन समाज सेवामा लगाउनु पनि उचित हुँदैन । अहिले कालो बजारी, भ्रष्टाचार गरेर, गैह्रकानुनी रूपमा कमाएको पैसा खर्च गरेर दुराचारी, व्यभिचारी र भ्रष्ट व्यक्तित्वलाई छोप्नका लागि वरिष्ठ समाज सेवी कहलिने र पैसा पाउने बीत्तिकै जसलाई पनि वरिष्ठ समाज सेवीको तक्मा लगाइदिने प्रवृति नेपाली समाजमा मोलाउँदै गएको छ ।

४. आचार के हो ?
सामाजिक कार्यकर्ताले आफू सदाचारी बन्नका लागि सर्वप्रथम आचार के हो, सदाचार के हो, व्यभिचार, दुराचार र भ्रष्टाचार के हो भनेर बुझ्न जरुरी छ । मानिसले कुनै पनि पुरुषार्थ वा पराक्रम गर्न पहिलो र मुख्य साधन नै हाम्रो शरीर र बुद्धि एवम विवेक हो । स्थूल शरीर अर्थात पञ्चतत्वले बनेको …….मन–बुद्धि–अहङ्कार रुपी सूक्ष्म शरीर (अन्तःकरण वा चित्त) को अधीनमा हुन्छ । मन–बुद्धि–अहङ्कारको देख्न सकिने संङ्केतिक चरित्र व्यक्तिको आचार हो । आचार तीन प्रकारको हुन्छ – वाक्य चार ९कउभभअज०, स्वभावाचार ९जबदष्त०, व्यवहाराचार ९अयलमगअत०, । यी सबै मिलेर मानिसको चरित्र ९अजबचबअतभच० बन्दछ । आचारलाई धर्म ग्रन्थहरुले परम् धर्मको संज्ञा दिएका छन् । आचारको सत् रुप सदाचार हो र असत् रुप दुराचार, व्यभिचार र भ्रष्टाचार हुन् । आचारलाई सभ्यता र संस्कृतिको परिपे्रयमा ठूलो महत्व दिइएको छ । आचार नै मनुष्यको आभूषण र महान् रक्षक हो । सदाचारबाट आर्जित धनको पनि सुरक्षा हुन्छ । मनुष्यको उत्थान र पतन उसको आचारमा भर पर्दछ । जो व्यक्ति आचारहीन् अर्थात चरित्रहीन हुन्छ उसको जीवन दुःख, चिन्ता, अशान्ति र समस्याहरुले भरिएको हुन्छ । दुराचारी र भ्रष्टाचारी जीवन एक अभिशाप हो । आप्mनो, परिवार, समाज र राष्ट्रको कल्याण चाहने समाज सेवीले स‘धै सदाचारी हुनुपर्दछ । धन न्यायोचित तरिकाबाट मात्र कमाउनुपर्छ । अनैतिक तरिकाबाट कमाएको धन सामाजिक एवम् धार्मिक कार्यमा झन लगाउनु हुदैन, यस्तो गर्नु औषधिको ठाउ‘मा विष–पान गरे बराबर हुन्छ । धन–दौलत, मान–सम्मान भन्दा चरित्र नै जीवनको कवच हो । भोगवृत्ति, तृष्णा, स्वार्थ, अभिमान सदाचारको मार्गमा अवरोधहरु हुन् । यी भावनाहरुको उत्पत्तिको थलो मानिसको मन हो, जो अत्यन्त चञ्चल र परिवर्तनशील हुन्छ । काम, क्रोध, लोभ, मोह, राग र द्वेषले ओतप्रोत मनले निरन्तर व्यक्तिलाई कुबाटोतिर लैजान प्रयत्न गरिरहेको हुन्छ । मनलाई निरन्तर अभ्यास र वैराग्य–भावद्वारा नियन्त्रित गरी सदाचारको बाटोलाई फराकिलो बनाएर चरित्र सुधार गर्न प्रयत्नरत मानिस मात्र समाज सेवी हुन सक्दछ ।

५. चरित्र – निर्माण
चरित्र निर्माण सदाचारको जग हो । राष्ट्र निर्माणमा चरित्र निर्माणको ठूलो स्थान छ । नागरिक समाज सदाचारी भयो भने दिगो विकासको संम्भावना बढ्दछ । जीवनका आधारभूत मूल्य–मान्यता ९ागलमबmभलतब िजगmबल खबगिभक० चरित्र निर्माणको महत्वपूर्ण पूर्वाधार हुन् । आधारभूत मूल्य–मान्यताहरु तीन भागमा वगीैकृत गर्न सकिन्छ– नैतिक मूल्य–मान्यता ९mयचब िखबगिभक०, बौद्धिक मूल्य मान्यता ९ष्लतभििभअतगब िखबगिभक० तथा आध्यात्मिक मूल्य–मान्यता ९कउचष्तगब िखबगिभक० । आजको समाजमा यी मूल्य–मान्यताहरु क्रमशः ह्रासोन्मुख भएर गैरहेका छन् । यसले गर्दा सामाजिक विसङ्गति, विकृति, अपराध र असुरक्षा पनि बढ्दै गैरहेका छन् ।

चरित्र निर्माणको प्रक्रियालाई विभिन्न स्तरबाट सुरु गर्न सकिन्छ । पहिलो चरणमा व्यक्तिको आफ्नो सुधार हुनुपर्दछ । अरुको एउटा सानो खोट पनि देख्ने तर आफ्नो ठूला–ठूला दुराचारी प्रवृतिलाई पनि देख्या नदेख्यै गर्न हुदैन । जुन वस्तु तात्कालिक रुपमा प्रिय छ त्यो मात्र अपनाएर अन्य कल्याणकारी आचारहरुलाई त्याग्न हँुदैन । भगवान बुद्धद्वारा प्रतिपादित पञ्चशील र अष्टाङ्ग–मार्ग तथा योग–सूत्रले बताएका यस नियमहरुलाई चरित्र निर्माणको आदर्शको रुपमा लिनुपर्दछ र जीवन दर्शनको अभिन्न अङ्गको रुपमा अपनाउनुपर्दछ । विशेषतः अस्तेय ( चोरी नगर्नु ) र …..रिग्रह (फजुल सङ्ग्रह नगर्नु) जस्ता गुणहरुलाई आत्मसात गर्नु पर्छ । व्यक्ति पछि परिवार नै चरित्र–निर्माणको अर्को महत्वपूर्ण थलो हो । शिशुको मस्तिष्क कोरा कागज जस्तो हुन्छ । माता–पिताको चरित्रको छाप बाल–बालिकाको मस्तिष्कमा संस्कारको रुपमा मौलाउ‘दै जान्छ, त्यस कारण माता–पिता र परिवारका अन्य सदस्यहरुले पनि सदाचारी जीवनको आदर्श आप्mना छोरा–छोरीको सन्मुख प्रस्तुत गर्नुपर्छ । कुनै माता–पिता पनि आफ्ना बाल–बालिका भविष्यमा दुराचारी वा भ्रष्टाचारी बनून् भन्ने चिताउ‘दैनन् । आफ्नो सन्तानलाई आमा–बाबुले दिने सबभन्दा ठूलो उपहार सदाचार नै हो ।

सामाजिक स्तरमा सदाचार प्रवद्र्धनकालागि चेतनामूलक कार्यक्रमहरुलाई बढावा दिनुपर्छ । मितव्ययिता र सन्तोष जस्ता गुणहरुलाई फस्टाउन दिन उचित वातावरण सृजना गर्नुपर्छ । चाडबाडमा तडक–भडक, म‘हगो उपहार दिने र फजुल खर्ची जस्ता विसङ्गति र सामाजिक कुरीतिहरुलाई शिक्षाद्वारा तथा आवश्यक परे ऐनको पनि तर्जुमा गरी घटाउ‘दै लैजाने तर्फ सशक्त पाइलाहरु चालिनुपर्छ । सामाजिक आडम्बरकालागि बढी खर्च गर्ने प्रवृतिले धन–लोलुपता बढाउ‘छ र त्यसको पूर्ति गर्न जसरी भए पनि बढी धन कमाउने प्रवृत्ति बढ्न जान्छ । शिक्षा निश्चित रुपमा चरित्र–निर्माणको प्रमुख र सशक्त माध्यम हो । आजकालका बालबालिकाहरु कलिलो उमेर देखि नै बढी समय पाठशालामा बिताउ‘छन् । वर्तमान पाठ्यक्रममा नैतिक, धार्मिक र आध्यात्मिक शिक्षाको नितान्त कमी छ जस्ले गर्दा चरित्र निर्माणमा कुनै पनि सघाउ पुगेको छैन । शिक्षित व्यक्तिहरुको जमात बढे पनि सभ्य, सुसंस्कृत र सच्चरित्रवान् समाज सेवी तयार हुन सकेका छैनन् , यो एउटा दुःख लाग्दो र बिडम्बनापूर्ण स्थिति हामी कहाँ अझै पनि विद्यमान छ ।

६. अन्तमा
व्यक्ति, समाज र सिङ्गो राष्ट्रलाई चरित्रहीनताको चङ्गुलबाट मुक्त गर्न एकातिर दुराचारी र भ्रष्टाचारीहरुलाई दण्डित गर्नुपर्छ भने अर्कोतिर चरित्रहीनताको संस्थागत संरचनालाई जरैदेखि उखेल्नकालागि विभिन्न स्तरमा रणनीतिहरु अपनाउनुपर्दछ । सदाचारी समाजको सृजना र दुराचार÷भ्रष्टाचारको उन्मूलनको प्रक्रिया निरन्तर, नियमित र स्थायी रुपमा चलिरहनुपर्छ । यस्तो व्यवस्था मिलाउनुपर्ने राज्यको जिम्मेवारी हो र समाज सेवी र समाजिक सङ्घ संस्थाहरू स्वयम् यस विषयप्रति सबै भन्दा बढी गम्भीर हुन जरुरी छ साथै आम नागरिकले पनि यस्तो अभियानमा सहयोग र सहभागिता देखाउनुपर्दछ । एउटा वा यदाकदा गरिने आन्दोलनकारी जमर्कोले मात्र राम–राज्य स्थापित हुन सक्तैन । यसका लागि सरकार, राजनीतिक दल, सामाजिक सङ्घ संस्थाहरू लगायतका नागरिक समाज र आम जनताको निरन्तर प्रयास हुन जरूरी छ, समाजको आवाज निरन्तर रूपमा यसैतर्फ उठ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।