0 COMMENTS

प्रतिभा भट्टराई/ २०८१,जेठ २८। मिति २०८१/२/२६गते देखि सुरु भएर २८, गते सम्म पतञ्जली योग समिति काठमाडौं तथा महिला पतञ्जली योग समिति काठमाडौँको संयुक्त आयोजना एवं नेपाल टेलिकमको प्रायोजनमा महिला पतञ्जली योग समिति नेपालकी केन्द्रीय प्रभारी पुज्या साध्वी देवादिती ज्यूद्वारा पशुपति क्षेत्र गौशलाको हंश मण्डपमा त्री दिवसीय बृहत निःशुल्क योग विज्ञान शिविर सञ्चालन गरियो।
शिविर सञ्चालनका क्रममा प्रमुख प्रशिक्षक देवादितीले आफ्नो चाहना स्वस्थ नेपाली हेर्ने रहेको बताउँदै मानिसको शरीरमा हुन सक्ने सम्पूर्ण समस्याको कारण र योग आयुर्वेदका माध्यमहरूले गर्न सकिने निवारणका उपाय बताउनु भएको थियो भने पहिलो दिनको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले मानव जीवनमा,विश्वव्यापी रुपमा फैलँदै गएको योगको महत्वबारे प्रष्ट पार्नु भएको थियो।
निक्कै उल्लासमय वातावरणमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गत चैत्रमा हरिद्वार मा सञ्चालित सात दिवसीय एडभान्स योग शिक्षक प्रशिक्षण को प्रमाणपत्र पनि वितरण गरिएको थियो।


पतञ्जली योग समिति नेपाल काठमाडौँ जिल्ला अध्यक्ष किशोर दाहाललेपहिलाे दिन को स्वागत मन्तव्य गर्नुभएको सो कार्यक्रममा काठमाडौँ जिल्लाका सम्पूर्ण पदाधिकारीहरू ,साधना केन्द्र संयोजकहरु, सह शिक्षक लगायत योग अनुरागी सम्पूर्ण दिव्य आत्माहरूको बाक्लो उपस्थिति रहेको थियो। हजारौंको संख्यामा योग साधक साधिकाहरूको उपस्थिति रहेको यो भव्य कार्यक्रमलाई अन्तर्राष्ट्रिय योग दिवस आउनै लाग्दा मनाइएको जनचेतनामूलक कार्यक्रम पनि मान्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।