0 COMMENTS

२९ पाैस काठमाण्डाै  । बंगलादेशमा जारी तेस्रो यु – १६ साफ च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूहको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार बलियो प्रतिद्धन्द्धी अफगानिस्तानलाई १-० गोलले पराजित गर्‍यो।

nep-नेपालको जितमा क्षितिज राजले निर्णायक गोल गरे । उनले ४७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । नेपालले पहिलो खेलमा मालदिभ्सलाई ५-० गोलले हराएको थियो ।

नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने छ । अफगानिस्तानले भने फाइनल प्रवेशका लागि बंगलादेशको सामना गर्ने छ । मालदिभ्सले दुवै खेल हारेपछि अफगानिस्तान र नेपाल आपसमा भिड्नु अघि नै सेमिफाइनल पुग्ने निश्चित भएको थियो ।

नेपाल गत संस्करणमा फाइनल पुगेको थियो। उपाधि भिडन्तमा नेपाली टोली भारतसँग पराजित भएको थियो । प्रतियोगिताको पहिलो संस्करणको विजेता पाकिस्तान हो । नेपाल र भारतबीचको सेमिफाइनल आइतबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।