0 COMMENTS
15218179_1245862102136825_1069436450_n
स्टारहाङ बान्तवा ’जलन’

भोजपुरमा जन्मिएका गीतकार स्टारहाङ बान्तवा ’जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ’मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् ।एल्बममा समाबेश गरिने सबै गीतहरुको रेकर्डिङ कार्य सम्पन्न भैसकेको र प्राय गीतहरु रोमान्टिक रहेको गीतकारले हामीलाई जानकारी दिनु भएको छ।

 एल्बमा ५ वटा गीतहरु समाबेश गरिएका र सबै गीतमा राजा खड्काले संगीत भर्नु भएको छ् भने नेपालकै बहु-चर्चित गायकहरु दीपक लिम्बु, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्का,गायिकाहरु मेलिना रार्इ र सुमिना लो ले आवाज दिनु भएका छन् ।

५ वटै गीतको म्युजिक भिडियो बनाउने योजना रहेको गीतकारले बताएका छन् । पहिलो म्युजिक भिडियो गायक प्रमोद खरेलको स्वरमा रहेको ’मुटु झिकेर कसरी दिउँ तिम्रो खुशीको निम्ति’ बोल रहेको गीतको म्युजिक भिडियो तयार भाईसके उनले बताए । उक्त भिडियोमा प्रबिण थापाको निर्देशन रहेको छ भने हरिनारायण चौधरीले क्यामेरा चलाएका छन्।भिडियो चोभारको रमणिय स्थलहरुमा छायाङ्कन गरिएको छ्।

मोडलिङमा मोडेल मन्जिता केसी रहेकी छिन्। मोडेल मन्जीतालाई साथ दिएका छन् मोडल बाबु मगरले। बाल कलाकारको भूमिकामा रियाज भण्डारीलाई हामी देख्न सक्नेछौँ । अन्य दुई गीतहरु दिपक लिम्बुको स्वरमा रहेको ’मृगनयनी आँखा उनको हरिणको चाल’ र मेलिना रार्इको स्वरमा रहेको ’सम्झेर तिमी आशुले मेरो भिज्दैछ सिरानी’ बोलको गीतको पनि म्युजिक भिडियोको चाडै तयार हुने बताएका छन्।यो दुबै गीतको म्युजिक भिडियो देश र् देश बाहिर छायाङ्कन हुने गीतकारले बताउनु भएको छ्। बाँकी दुई गीत हेमन्त शर्माको स्वरमा रहेको ’भोजपुरको सुन्तला मिठो ईलामको चिया’ र राज खड्का र सुमिना लो को स्वरमा रहेको ’नक्कलीले कर्के नजर हानेर पो मार्‍यो’ बोल रहेको गीतको म्युजिक भिडियो भने केही समय लाग्ने गीतकारले बताए ।रोजगारको सिलसिलामा युएईमा रहेका गीतकारले छिटै नेपाल आएर एल्बम विमोचन गर्दैछन् ।गीतकारको एकल एल्बम मनको जलनको साफलताको कामना गर्दछौ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।