0 COMMENTS

काठमाडौं ९ मंङ्सीर/ समग्र मीडिया द्वारा प्रदान गरएकाे  नी:शुल्क पत्रकारीता तालीम सम्पन्न । समग्र मिडिया प्रा.लीले दशैं तिहारको अवसरमा संचालन गरेको निःशुल्क पत्रकारिता तालिमकाे अाज एक बिशेष कार्यक्रम गरी सहभागीलाई प्रमाणपत्र बितरण गर्दै समापन गरेकाे छ। मिडिया प्रा.लिको कार्यालय भिमसेनगोलामा आयोजना गरेको  कार्यक्रममा बोल्दै  नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले निशुल्क तालिम संचालन गरेर मीडीयाले  उदाहरणिय काम गरेको भन्दै समग्र मिडिया प्रा.ली.लाई धन्यवाद ज्ञापन गर्दै तालिममा सहभागीलाई शुभकामना दिनुभएको छ ।

साथै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुबै रहेको हुनाले सकारात्मक सोचका साथ काम गरे अवश्य सफल हुने बताउनु भएको छ । यसै कार्यक्रममा शुभकामना दिने क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले नेपालमा धेरै संचार माध्यम औपचारिक र अनौपचारिक दुबै रुपमा संचालन भएको हुनाले पत्रकारिता क्षेत्रमा धेरै नै अवसर रहेको बताउनु भएको छ । यसैगरी कार्यक्रममा उपस्थिती हुनु भएका प्रेस काउन्सिल नेपालका झबिन्द्र भुषालले पत्रकारिता क्षेत्र आफैमा स्वतन्त्र क्षेत्र भएकाले निडर भएर काम गर्न आग्रह गर्नु भयको छ । समग्र मिडिया प्रा.लीले दशैं तिहारको अवसरमा संचालन गरेको निशुल्क पत्रकारिता तालिममा ४० जना सहभागी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।