0 COMMENTS

काठमाडौं,२८ साउन–अघिल्लो संविधानसभाका तीन जना तत्कालीन सभासद्लाई जेल सजाय हुने भएको छ । विशेष अदालतले रातो पासपोर्ट दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले मंगलबार जेल सजाय सुनाएको हो ।

00विशेष अदालतले तीन पूर्व सभासद्हरु गायत्री साह,बीपी यादव र शिव पुजनलाई जनही चार महिना जेल र १५ हजार जरिवाना हुने फैसला सुनाएको हो ।
यो अभियोगमा अध्यागमन विभागका तत्कालीन कर्मचारीहरु इनकुमार सुनुवार,देवीदत्त खत्री,रमेश लम्साल,श्यामबहादुर भण्डारी र भुमिनन्द भण्डारीलाई पनि चार महिना जेल र १५ हजार जरिवाना गर्ने फैसला गरेको छ । त्यसैगरी कुटनीतिक राहदानी ठगी गरी प्रयोग गर्ने पृथ्वी छन्तयाल,सिता साह,निर्मल बानियाँं र केदारनाथ शर्मा प्रत्येकलाई डेढ वर्ष कैद र ७५ हजार जरिवाना गर्ने फैसला पनि विशेष अदालतले गरेको छ ।

त्यसैगरी विचौलियाहरु देवेन्द्र पौडेल,मनोज कार्की,गोपाल बानिया,डिलबहादुर घर्ती र सन्तोष उप्रेतीलाई एक वर्ष कैद र ५० हजार जरिवाना हुने भएको छ ।
जेल पर्ने पूर्व सभासद् गायत्री जनता दल तथा यादव र पुजन मधेशी जनअधिकार फोरमका सभासद थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।